विराटनगर, भाद्र ११ गते । राधाकृष्ण मन्दिर विराटनगरबाट आज ३ बजेर ३० मिनेटमा निकालिने ९३ र्औ रथयात्रा ९ किलोमिटर दुरी तय गर्न ४३ ठाउँमा विश्राम लिने भएकोछ ।
रथ विश्राम लिने स्थानहरु ः राधाकृष्ण मन्दिर गेट अगाडी, तीनपैनी चौक, धनावत निवास, शंकरपुर जाने मोड, विराटेश्वर महादेव मन्दिर, महानगरपालिका चौक, गोल्छा चौक, वडा प्रहरी कार्यालय, सत्यनारायण मन्दिर, सात घुम्ती मोड, जैन भवन लक्ष्मी सनराई बैक अगाडी, जलजला चौक काली मन्दिर, बाटा गल्ली चौक, पञ्चमुखी हनुमान मन्दिर, राष्ट्रिय बाणिज्य बैक, कर कार्यालय, ट्राफिक चौक, एक्वा पार्क अगाडी, भूमी प्रशासन चौक, राडशेष चौक, कलेज मोड, बसपार्क, महेन्द्र चौक, एन.आई.डो.सी. भवन, सरीचिया चौक, महाविर रोड चौक, शनिमन्दिर चौक, भाटभटेनी अगाडी, शिव मन्दिर चौक, सत्यनारायण मा.वि., भृकुटी चौक, विद्युत प्राविधिकरण, विराट नर्सिङ्ग होम, मुनालपथ, बरगाछी, बासुकी नाथ मन्दिर मोड, शंकरपुर जाने मोड, दुर्गा चौक, पानीट्यांकी चौक, राधाकृष्ण मन्दिर रथ मिश्राम लिने छ ।
रथयात्रामा प्रयोग गरिने रथ पेगोडा शैलीमा बनाईको छ जसको लम्वाई २२ फिट, चौडाई २४ फिट र उचाई १८ फिट रहेको छ । यस रथको अग्र भाग जुआबाट ७५ फिट लम्वाईका दायाँ र बायाँ पट्टि फैलिएका लड्डा (डोरी) रहने छ । जसलाई दायाँ पट्टिको लठ्ठामा पुरुष भक्तजन र बायाँपट्टिको लठ्ठामा महिला भक्तजनहरुले लष्ठा समाई उक्त लठ्ठालाई तानी रथ सञ्चालन गर्ने परम्परालाई निरन्तरता दिने भएको छ ।
उक्त रथको मध्यभागमा युगलजोडी भगवान् श्रीराधाकृष्णलाई आरुढ गराई ५ जना पंडितजीको समुह, प्राविधिक १ जना, कमिटिको तर्फवाट १ जना गरी ७ जना रथमा रहने व्यवस्था गरिएको छ ।
उक्त रथको अग्र भागमा विभिन्न जातजाती, सम्प्रदाय, धर्म एवम् संस्कृति झल्कने झाँकी एवम् भजन मण्डलीहरुको ताँती रहने छ । जसले गरिव ३ किलोमिटरको लम्वाई ओगट्ने छ । रथयात्रा महोत्सव २०८१ को शुभारम्भ कोशी प्रदेशका मुख्यमन्त्री, विराटनगर महानगरपालिकाका प्रसुमबाट हुने भएकोछ ।
ऐतिहासिक रथ यात्रा समारोह–२०८१ लाई व्यवस्थित रूपले सञ्चालन गर्न मन्दिर कार्यसमितिका अध्यक्ष कैलाश रेग्मीको अध्यक्षतामा ५०९ सदस्यीय मूल समारोह समिति गठन गरी उक्त समिति मातहतमा १८ वटा उपसमितिहरू निर्माण गरी संयोजकहरुको चयन गरिएको छ ।
राधाकृष्ण रथयात्राको पृष्ठभूमिमा यो मन्दिर महाभारतकालीन विराट राजाको नगरीको रूपमा प्रचलित धार्मिक एवम् औद्योगिक सहर विराटनगर महानगरपालिका वडा नं. १, २, र ३ को संगम स्थल पानीटंकी पोखरियामा धर्मानुरागी सज्जन पौडेल वन्धु सोमराज मुखिया (पौडेल) र कृष्ण प्रसाद पौडेल द्वयहरूबाट प्रदत यो पुण्य भूमीमा वि.सं. १९८८ मा यो मन्दिर धर्मप्रेमी धार्मिक व्यक्तित्व पं. श्री इन्द्रलाल भट्टद्वारा स्थापना भएको थियो । यस मन्दिरको स्थापना कालदेखि नै वैदिक सनातन हिन्दू धर्म अनुसार दैनिक पूजा अर्चना हुनुका साथै हरेक वर्ष विभिन्न धार्मिक महोत्सव खास गरी, जनैपूर्णिमा, झुलन पर्व, श्री कृष्ण जन्माष्टमी, ऐतिहासिक रथ यात्रा, राधा अष्टमी, वामन जयन्ती, महाशिवरात्री मनाइदै आएको छ । जस मध्ये ऐतिहासिक रथ यात्रा यस मन्दिरको मात्र नभएर पूर्वाञ्चल बासी यसमा पनि विराटनगर वासीको गौरवमय धार्मिक पहिचान एवम् धार्मिक धरोहरको रूपमा स्थापित छ । यो रथ यात्रा एसिया महादेशकै सवैभन्दा ठूलो जगन्नाथपूरी पछिको दोस्रो ठूलो रथयात्राको रूपमा चिनिने गर्दछ । यो रथ यात्रा आममानिसको आध्यात्मिक चेतनाको अभिवृद्धि, विश्ववन्धुत्वको भावना, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावको प्रतिकको रूपमा स्थापित भएको छ ।
मन्दिर स्थापना सँगै वि.सं. १९८८ साल देखि यूगल जोडी भगवान श्रीराधाकृष्ण आरूढ ’वट’ यात्रावाट प्रारम्भ भएको ऐतिहासिक जात्रा वि.सं. २०२५ सालबाट स्वर्गीय वृ.ज. भूपालमान सिंह कार्की एवम् स्व. सत्यनारायण धनावतद्वारा भव्य एवम् विशाल रथको निर्माण गरि निरन्तर रथयात्रा महोत्सव सञ्चालन हुँदै आएकोछ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]