विराटनगर, भाद्र १६ गते । किसानले लगाएको बालीमा आबश्यक पर्ने यूरीया मलको लागि दिनहूँ किसानहरु कोरोना भाइरस (कोभिड–१९) को प्रवाह नगरी कृषि मल वितरण गर्ने सहकारीमा भिड लगाउने गरेका छन् ।
केही दिन देखि विराटनगर महानगरपालिका वडा नं. ७ मा रहेको कदमा सहकारीमा केही दिन देखि किसानहरुको भिड लाग्ने गरेको छ । विराटनगर धरान सडकमा रहेको
युरिया मलको अभावले गर्दा यो वर्ष धानमा गोभारा लाग्ने किसानमा चिन्ता छ । कृषिको लागि प्रत्येका वर्ष ठूलै बजेट छुट्याएको हुन्छ तर त्यो बजेट चाहि नक्कली किसानहरुले सखाप पर्छन र कृषि मलमा पनि केही विचौलियाहरुले अभाव सृजना गरी अध्याधिक मुल्य लिने गरेका किसानहरुको भनाई छ ।
अहिले मलको अभाव भएपछि प्रधानमन्त्रीको आग्रहमा बंगलादेशले नेपाल सरकारलाई मल पैचो दिन तयार भएको छ । मल ल्याउने ठेक्का पाएको नेपाली ठेकदारले समयमै मल ल्याउन नसकेपछि सरकारले तत्कालको अभाव पूर्ति गर्न बंगलादेशसँग मल पैँचो मागेको छ ।
नेपाललाई तत्काल उपलब्ध गराउन सक्ने गरी ५० हजार मेट्रिक टन मल दिन बंगालदेश सकारात्मक भएको छ । उक्त मल आएपछि किसानले राहत पाउने छ ।
किसानहरुको भिडको फोटो फिचर
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]