विराटनगर, भाद्र ७ गते । सामाजिक कथामा आधारित भएर बनाएकाे फिल्म ‘वर एण्ड बधु’को भदौ १४ गते देशभरीकाे सिनेमा घरहरूमा प्रदर्शन हुने भएकाे छ ।
‘वर एण्ड बधु’ फिल्मका कार्यकारी निर्माता अमित रिजाल, फिल्मका कलाकार सहितकाे टाेलीले विराटनगरकाे सिटी सिनेमा हफमा पत्रकार सम्मेलन गरि साे कुरा फिल्म निर्माता जानुका थापाले वताईन ।
फिल्म निर्माता पक्षले वितरकहरूसँग सल्लाह गरेर प्रदर्शन मिति तय गरेको निर्देशक मिलन चाम्सले जानकारी दिए ।
फिल्मकि नायिका आँचल शर्मा र भर्खरकाे नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहेकाे फिल्ममा आँचल रोमान्सदेखि एक्सन रहेकाे कलाकार किरण केसीले वताए ।
फिल्ममा गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, सृष्टि खड्का, विजय लामा, कुसुम शर्मा, सरिता लामिछाने, रवीन्द्र खड्का, अंशु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरवीर पण्डित, हिउँवाला गौतम, यमन श्रेष्ठ लगायतका कलाकारको पनि मुख्य भूमिका रहेकाे छ ।
एलआरके प्रोडक्शनको ब्यानरमा बनेको यो फिल्ममा सुदिप बरालको छायाङ्कन, हिमाल केसीको एक्सन छ ।
फिल्म ‘वर एण्ड बधु’ले सामाजिक कथा अरू फिल्म भन्दा फरक शैलीमा पस्कने काेसिस गरिएको निर्माण पक्षले दावी गरेका छन ।
तीजको अवसर पारेर यो फिल्म रिलिज गर्न लागिएको छ । फिल्मको छायाङ्कन नेपाल र रोमानियामा गरिएको विभिन्न स्थानमा गरिएकाे हाे । फिल्म ‘वर एण्ड बधु’ लाई नेपाली दर्शकहरूले माया गरेर एकपटक हेरेर प्रतिक्रिया दिन निर्माताले आह्वान गरेका छन ।
उक्त पत्रकार सम्मेलन सिटी सिनेमा, विराटनगरकाे सहयोगमा चलचित्र पत्रकार संघ नेपाल, माेरंगका अध्यक्ष प्रेम देवानकाे अध्यक्षतामा भएकाे थियोे ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]