विराटनगर, भाद्र ६ गते । इस्काेन विराटनगरले श्रीकृष्ण जन्माष्टमी महाेत्सव भव्यताका साथ मनाउने तयारीमा जुटेका छन ।
इस्कन विराटनगरले पत्रकार सम्मेलन गरि नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) को लागि मायापुरबाट इस्कोनको अन्तर्राष्ट्रिय ब्यबस्थापन समितिका (जी. बि. सि.) रिजनल सेक्रेटरी एवम् अन्तर्राष्ट्रिय गुरु श्री श्रीमद् महाविष्णु महाराजको उपस्थिति श्रीकृष्ण जन्माष्टमी मनाउने इस्काेनका सचिव भानुभक्त जाेशीले जानकारी गराए ।
भाद्र १० गते कृष्ण पक्ष अष्टमी तिथि सोमबारका दिन जैन भवन विराटनगरमा बिहान ८ बजेदेखि राति १२ बजेसम्म- विराटनगरको जलजला चोक, रङ्गेली रोड- (नबिल बैंकको माथि) रहेको इस्कोन विराटनगरले भब्यताका साथ मनाउने भएकाे हाे ।
संसारभरि हरिनाम संकिर्तन र वैदिक ग्रन्थहरूको वितरण एवं वैदिक सनातन धर्मको प्रचार गर्ने स्वामीज्यूको जन्म बेलायतमा भएको हो । इस्कोनका संस्थापक आचार्य श्री प्रभुपादजीको शिष्य परमपुज्य महाविष्णु स्वामी महाराज यसपाली श्रीकृष्ण जन्माष्टमीमा पहिलोपटक विराटनगर आउँदैछ जाेशीले वताए ।
हजारौं भक्तजनहरूको सहभागिता हुने उक्त जन्माष्टमीको कार्यक्रममा भक्तिवेदान्त गुरुकुलका ब्रह्मचारीद्वारा यज्ञ, परमपुज्य महाविष्णु महाराजद्वारा प्रवचन, भगवान श्री राधाकृष्णको अभिषेक, दर्शन, इस्कोनको अन्तर्राष्ट्रिय टिम द्वारा सांस्कृतिक कार्यक्रम र सबै आगन्तुक भक्तजनहरुलाई बिहान ११ बजेदेखि प्रसाद वितरण गर्ने भएकाे छ ।
इस्कोन विराटनगरले सम्पूूणर् श्रद्धालु भक्तजनहरुलाई जैन भवनमा हुने उक्त धार्मिक, सामाजिक एवम् आध्यात्मिक कार्यक्रममा सहभागी हुन इस्काेन विराटनगर परिवारले हार्दिक आह्वान गरेका छन ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]