विराटनगर, भाद्र १६ गते । मोरंग जिल्ला प्रशासनले पुन ः एक साताको लागि खुकुलो प्रावान सहितको निषेधाज्ञा जारी गरेको छ ।
आज थप गरिएको निषेधाज्ञा साउन २२ गते सम्म लागु हुने जिल्ल प्रशासन कार्यालय मोरंगले जनाएको छ ।
सार्वजनिक सवारी साधनमा रोक लगाउंदै निजी नम्बरका सवारी साधनहरु जोर विजोर गरी संचालनमा गर्न सकिनेछ । स्थानीय बजारमा भने सिटी रिक्शालाई खुल्ला पारिएको छ । बजार तथा पसल अब ४ बजेसम्म खुल्ला हुने भएको छ । मोरंग प्रशासनले शनिबार भने अत्यावश्यक बाहेकका पसल सञ्चालामा रोक लगाएको छ ।


सरकारी कार्यालयले आलोपालो गरी न्युनतम् संख्यामा कर्मचारी राखेर भदौ २१ गतेबाट तालिका अनुसार सेवा सञ्चालन गर्नुपर्ने भएको छ । उद्योगहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न पाउने भएका छन् । जिल्लाभर राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ ।
निषेधाज्ञाको अबधिमा सैलुन, ब्युटीपार्लर, गुद्रीबजार, हाटबजार, जीमखाना लगायत भने खोल्न नपाइने भएको छ । यस्तै भेला, महोत्सव, जात्रा जस्ता सामूहिक गतिबिधि, गर्न पनि रोक लगाईएको छ ।
कोरोना महामारी अझै नियन्त्रणमा नआएको र निषेधाज्ञाले दैनिक जनजीवन पनि कष्ठकर भइरहेकोले जीवनयापन सहज बनाउनेगरी निषेधाज्ञाको मापदण्ड परिमार्जन गरिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले वताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]