विराटनगर, भाद्र ५ गते । झापाको अर्जुनधारा नगरपालिका- ४ का ६२ बर्षीय ईन्द्र बहादुर आङ्देम्बेलाई १ थान कटुवा पेस्तोल सहित प्रहरीले पक्राउ गरेको छ ।
मंगलवार आङ्देम्बेले घरमा अवैध हात हतियार राखेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले घर भित्र खानतलासी गर्दा लुकाई छिपाई राखेको १ थान अबैध हतियार कटुवा पेस्तोल बरामद गरेकाे थियो ।
कटुवा पेस्तोल सहित पक्राउ परेका आङ्देम्बेकाे सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]