विराटनगर, भाद्र ३ गते । संखुवासभा, उदयपुर, झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आईतवार संखुवासभाको धर्मदेवी नगरपालिका–८ स्थित अस्थायी प्रहरी चौकी केवाबेसीबाट खटिएको प्रहरी टोलीले को.२०प १८८ नम्बरको मोटरसाईकललाई चेकचाँच गर्दा चालक खाँदबारी नगरपालिका–२ का ४४ बर्षीय रोशन ओझाले हेलमेट भित्र लुकाई छिपाई ल्याउदै गरेको अबस्थामा लागुऔषध ब्राउनसुगर २१ ग्राम २४० मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी मोरङको बिराटनगर–१५ स्थित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले १ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर सहित सुनसरी ईटहरी–१० का ३९ बर्षीय राजन बुढाथोकीलाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–१ बाट २५ बर्षीय बिशाल राईलाई १९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो ।
सुनसरीको धरान उप–महानगरपालिका–१५ स्थित अस्थायी प्रहरी पोष्ट नयाँ वसपार्कबाट खटिएको प्रहरी टोलीले नियन्त्रित औषधी ट्रामाडोल १९२ क्याप्सुल बेचबिखान गरिरहेको अवस्थामा फेला पारी अर्जुन थापा, २२ बर्षीय सनम राई, १८ बर्षीय विबेक थापा र युवराज लिम्बुलाई पक्राउ गरेको थियो । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–११ का १८ बर्षीय हुमन कार्की, १८ बर्षीय सम्बीर सुयल र अमृत नेपालीलाई बुप्रोनोर्फिन, प्रोमेथारजिन र डाइजापाम गरी ६५ एम्पुल नियन्त्रित औषधी सहित पक्राउ गरेको थियो ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको सम्बन्धित कार्यालयले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]