चन्दन रौनियार
सुनसरी, भाद्र २ गते । सुनसरीको दुहबी नगरपालिकामा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु भएको छ ।
भदौं १०गते हुन लागेको कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु गरेको कृष्ण जन्माष्टमी पुजा तथा मेला महोत्सव समितिको अध्यक्ष पंकज हलुवाइले जानकारी दिएको छ ।
दुहबी साविक ९ हालकाे ६ नम्बर वडामा प्रत्येक वर्ष मनाउदै आएको कृष्ण जन्माष्टमी महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी राधा कृष्ण मन्दिर दुहबीका मूल समिती उपसमितिहरुले तयारीमा जुटेको हुन् ।
कृष्ण जन्माष्टमी महोत्सवलाई सफलता पूर्वक सफल बनाउनका लागी २ सय १ जनाको मूल समिती, १ सय १ जनाको सल्लाहकार समिति र ९ वटा उपसमितिहरु बनाएका छन् ।
महोत्सवमा बिभिन्न जातजातिहरुले झाँकी समेत प्रदर्शन गर्ने, दुहबी बजार देखी ८ किलोमिटर सम्म रथयात्रा परिक्रमा गर्ने, एक लाख भन्दा बढी भक्तजनहरुलाई रथयात्रामा सहभागी गराउने, कृष्ण जन्माष्टमी पुजा तथा मेला महोत्सव समितिको सचिव ऋषि साहले बताए । वर्षाै देखी भव्यक्ताका साथ मनाउदै आएको कृष्ण जन्माष्टमी मोहत्सव यस वर्ष पनि लाखौं भक्तजनहरुलाई रथयात्रामन सहभागी गराई महोत्सव सुसम्पन्न गर्ने बिश्वास पुजा मेला महोत्सव समितिले लिएकाे छ ।
कृष्ण जन्माष्टमी महोत्सवमा ८ लाख देखी ९ लाख सम्म खर्च हुने अनुमान आयोजकले गरेका छन् । महोत्सवको दिन रथयात्रामा सुरक्षा ब्यवस्था कडा गरीने भएकोले कसैलाई डराउनु नपर्ने अध्यक्ष हलुवाईले बताउदै निर्धक्क रथयात्रामा सहभागी हुन आग्रह समेत गरेका छन् ।
कृष्ण जन्माष्टी महोत्सवमा भजन किर्तन, प्रसाद वितरण, ११ गते बिहान मोटरसाईकल र्याली र दिउँसो श्री कृष्ण रथयात्रा शुरू हुनेछ ।
पुजा तथा मेला महोत्सव समितिमा अध्यक्ष पंकज हलुवाई, उपाध्यक्ष राकेश डागी, सह-उपाध्यक्ष चन्दन बैठा, सचिव ऋषि साह, सहसचिव राजा रौनियार कोषाध्यक्ष हरिनारायण ठाकुर, सहकोषाध्यक्ष रितिक रौनियार, सदस्यहरु शम्भु हलुवाई, जीवन हलुवाई, सुरज पासवान, सजित मण्डल, गंगा हलुवाई, राहुल झा, मनिष रौनियार, मनोज रौनियार, त्रिलोकी भगत, राकेश हलुवाई, हेमनरायण यादब, सोनु अग्रहरीलगायत रहेका छन ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]