सुरेन्द्र मण्डल
रंगेली, साउन २९ गते । रंगेली नगरपालिका वडा नं. ५ मा वितरण भई रहेकाे राष्ट्रिय परिचयपत्र लिन सेवाग्राही सास्ती भाेग्नु परेकाे छ ।
राष्ट्रिय परिचयपत्रकाे लागि २०७८ सालमा आवेदन फारम भरेका सेवाग्राहिले साउन १४ गते देखि वितरण भईरहेकाे परिचयपत्र लिन सास्ती भाेग्नु परेकाे स्थानीयहरूले गुनासो गरेका छन ।
आज २ हप्ता देखि रंगेली ५ आमगाछी मा रह्ट्रिय परिचय पत्र को स्मार्ट कार्ड वितरण तथा परिचय संकलन कार्य भई रहेको छ !
परिचय पत्र वितरण टोली लगायत वडाध्यक्ष महानन्द मण्डल, वडा सदस्य हिरा कान्त झा एवम गणेश ऋषिदेभ सहित वडाका अन्य कर्मचारी वडा कार्यालयकाे काम सँगै परिचय पत्र स्मार्ट कार्ड वितरण कार्यमा कार्यमा सहयोग गरिँदै आएको वडाध्यक्षले बताए ।
वडा नं.५ मा जम्मा २ हजार ९ सय १३ जनाकाे परिचय पत्र वितरण गर्ने जस मध्ये २ हजार २ सय ५० वितरण भइसकेको टोली प्रमुख ले बताए ।
सेवा ग्राहीको सुविधाको लागि सहुलियत वर्णानुक्रम अनुसार परिचयपत्र वितरण भई रहकाे छ । कम्युटराईज प्रविधिवाट दिने परिचयपत्र अत्यधिक त्रुटि रहेकोले सेवा ग्राहीहरूले सास्ती खेप्नुपरेको छ
आफन्त र बाेलनेलाई तुरुन्तै परिचयपत्र दिने र निमुखाहरुको पालो पछाडि पारिदिने जस्ता कार्य भईरहेकाे गुनासो सेवा ग्राहिहरुले गरेका छन ।
वडाध्यक्ष ले दिएको जानकारी अनुसार जब सम्म परिचय विवरण संकलन कार्य सुन्य हुँदैन तब सम्म टोलीले काम गर्ने वडाअध्यक्षले प्रतिबद्धता जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]