विराटनगर, साउन २७ गते । विराटनगर महानगरपालिका वडा नं. १८ को भवन प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले रिवन काटेर समुद्घाटन गरेका छन् ।
भवन समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भने विराटनगर महानगरपालिकाको राजश्व एकदमै कम उठेको छ सो बजेटबाट विराटनगर बासीको असिमित चाहनालाई पुरा गर्न सकिदैन भन्दै वडाको आफ्नै सुविधा सम्पन्न भवन वडावासीले पाएकोमा बधाई दिएका थिए । वडावासीलाई चाहिने विकास निर्माणको कार्यमा अझ बजेट हाल्ने प्रतिवद्धता जनाएका थिए ।
वडा कार्यालयको नयाँ भवनमा विधीविधान अनुसार पण्डितद्धारा पूजापाठ गरी समुदेघाटन गरेका थिए । वडा कार्यालयको २ कट्ठा जमिनमा ६९ लाखको लागतमा बनेको भवनमा ६ वटा कोठा, पर्खाल सहित अपाङ्ग मैत्रि भवव रहेको छ ।
समुद्घाटन कार्यक्रमा महानगरपालिका उप प्रमुख शिल्पा निराला कार्की प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, अधिकृत अर्जुन थापा, विराटनगर वडा नं. १ का वडा अध्यक्ष काजी बहादुर बस्नेत, वडा नं. २ का वडा अध्यक्ष बासु वहादुर बस्नेत, वडा नं. १३ का वडा अध्यक्ष तीर्थेन्द्र नेउपाने, वडा नं. १६ का वडा अध्यक्ष उद्धव भुजेल, वडा नं. १९ का वडा अध्यक्ष श्याम घिमिरे, लगायत वडावासीको उल्लेख्य उपस्थिति रहको थियो ।
विराटनगर महानगरपालिका वडा नं. १८ एवम् प्रशासनिक भवन समुद्घाटन कार्यक्रमका अध्यक्ष जितेन्द्र साहले भने बधनगर गाविस हाल विराटनगर वडा नं. १८ भएको छ विराटनगरको दक्षिणी भेगमा रहको वडामा विभिन्न झै झमेल भएका कारण कर्मचारी बस्ने नमानेको र महानगरले चाहेजति बजेट नदिई उपेक्षा गरेकोले त्यस तर्फ महानगरले ध्यान दिनु पर्ने भन्दै उपस्थित सबैलाइ ध्रन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]