पथरीशनिश्चरे, साउन २२ गते । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अमेरिकाले पथरीशनिश्चरे नगर अस्पताललाई एम्बुलेन्स प्रदान गरेकाे छ ।
उक्त एम्बुलेन्स साेमबार विधिवत रुपमा उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ । पथरी शनिश्चरे नगगरपालिका परिसरमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले रिवन काटेर चाबी चालकलाई प्रदान गरी एम्वुलेन्स सञ्चालनमा ल्याएको थियोे ।
सो कार्यक्रममा नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, इन्ट्रा फाउण्डेसन नेपालका संयोजक राम बानिया, वडा अध्यक्षहरू नैना राई, लोककिरण न्यौपाने, वीरबहादुर राई र नगर खेलकुद विकास समितिको संयोजक दीपक राईको उपस्थिति रहेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]