विराटनगर, भाद्र १४ गते । प्रदेश १ मा थप ९५ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमित थपिएका मध्ये पुरुष ६३ र महिला ३२ रहेको छ ।
कोरोना संक्रमण थपभएको जिल्लागत रुपमा मोरंग ४५, झापामा ९ सुनसरीमा ३७ संखुवासभामा २ र प्रदेश वाहिरका २ जना रहेका छन्
प्रदेश नं. १ को राजधानी विराटनगर महानगर पालिकामा २१ पुरुष र २१ म्हिला, पथरी शनिश्चरे १ पुरुष, लटाङ नगरपालिकामा १ महिला, रंगेली नगरपालिमा १ पुरुषमा, संक्रमण पुष्टी भएको छ ।
झापाको झापा गाउँपालिकामा १ पुरुष, कनकाई माई नगरपालिकामा ६ पुरुष २ महिलामा कोरोना पुष्टी भएको छ । सुनसरीको इटहरी उपमहानगर पालिकामा ४ पुरुष ४ महिला, धरान उपमहानगर पालिकामा ५ पुरुष १ महिला, दुहवी नगरपालिकामा १४ पुरुष, बर्जु गाउँपालिकामा २ पुरुष गढी गाउँपालिकामा १ पुरुष र इनरुवा नगरपालिकामा ५ पुरुष र १ महिलामा संक्रमण देखिएको छ ।
त्यसैगरी संखुवासभाको को खादवारीमा १ पुरुष र ठेगाना नखुलेका १ पुरुषमा कोरोना पुष्टी भएको छ । अन्यमा प्रदेश नं. २ को जनकपुरको १ पुरुष र सिरहाको १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमितको संख्या प्रदेश नं. १ मा ३ हजार ३ सय ११ पुगेको छ जसमध्ये पुरुष २ हजार ४ सय ४० र महिला ८ सय ७१ रहेको छ । प्रदेश नं. १ वाट कोरोनालाई जितेर घर फर्किनेको संख्या १ हजार ५ सय ३४ रहेको छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]