अमित ठाकुर
रौतहट, साउन १६ गते । रौतहट जिल्लाको सदरमुकाम गौर बसपार्क नजिक ठुलो परिणामकाे लागुआ‌ैषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
स्थायी प्रहरी पोस्ट गौर बसपार्कका प्रहरी सहायक निरीक्षक सहनीको कमाण्ड खटिएको टोलीले गौर नगरपालिका वडा नंबर ४ चिया पसल अगाडि शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका जिल्ला ललितपुर महानगरपालिका वडा नं.३ ईमाडोल बस्ने हसन भुसालको छोरा बर्ष २१ को समिर भुसाललाई पक्राउ गरेकाे हाे ।
भुसालले बोकेको झोला चेकजाँच गर्दा झाेला भित्र लागुआ‌ैषध डाईजेपाम ईन्जेक्सन-९६ पिस, नाेरफिन ईन्जेक्सन ९६ पिस, प्राेमेथाजाईन हाईड्राेक्लाेराईड-९६ पिस, नेपाली रूपियाँ नगद १७ हजार ७०, भारतीय नगद रुपियाँ १०, रेडमि कम्पनीको मोबाईल वरामद भएकाे थियो ।
प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार हिजो बिहान करिब १० बजेको समयमा गौर बसपार्कबाट खटिएको प्रहरी सहायक निरीक्षक रामपुकार सहनीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको वताए ।
पक्राउ परेको भुसाल सहित प्रतिबन्धित लागू औषध एम्पुलहरु जम्मा गरी २८८ एम्पुल सहित सामानहरु रितपुर्वक बरामद गरी लागू औषध मुद्दामा सम्मानित रौतहट जिल्ला अदालत, रौतहटबाट म्याद अनुमति भई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]