विराटनगर, साउन १६ गते । नेपालको संविधानमा अन्य समुदायलाई आरक्षणको व्यवस्थासंगै अपाङ्गता भएको व्यक्तिहरुको प्रतिनिधित्वको लागि आरक्षण्को व्यवस्था हुनुपर्ने नेत्रहीन युवासंघ नेपाल जिल्ला शाखा मोरंगका अध्यक्ष दुर्गानाथ योगीले माग गरेका छन् ।
नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभाहलमा मंगलवा पत्रकार सम्मेलन गरी समानुपाति प्रणाली अन्तर्गत अपाङ्गता भएको व्यक्तिहरुको लागि पनि हरेक क्षेत्रमा आरक्षण्को व्यवस्था हुने पर्ने माग गरेको हो ।
योगीका अनुसार नेपाल अभिराज्यभरी दृष्टी सम्बन्धी अपाङ्गता भएका करीब ८ सय जना संघमा आवद्ध रहेको छ भने मोरंग जिल्लामा २ सय भन्दा बढी सदस्याहरु आवद्ध रहेको छ । दलित, आदीवासी जनजाती, मधेशी जस्तै अपाङ्गता भएको व्यक्तिहरुको लागि पनि राज्यल आरक्षणको व्यवस्था गर्नुपर्ने लगायतको माग गरेका छन् ।
राजनीतिक दल, भात्री संघ संगठन लगायत सम्वद्ध पक्षसंग १३ वटा माग नेत्रहीन युवासंघ मोरंगले राखेका छन् ।
मागहरु
१. नेपालको संविधानका धारा ८४ र १७६ मार्फत अपाङ्गता भएका व्यक्तिलाई समानुपाति निर्वाचनको बन्दसूचीमा समावेश गर्ने तर संसद सदस्य चय नगर्ने राजनीतिक दलका अभ्यास तत्काल अन्त्य गर्न संविधानमा रहेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन प्रणालीको व्यवस्थालाई कार्यान्वय नर्ग बनेको मौजुदा निर्वाचन ऐनमा संशोधन मार्फत अपाङ्गताको क्लष्टर समावेश गरी बन्द सुचीबाट अपाङ्गगता भएको व्यत्तिलाई संसदमा अनिवार्य प्रतिनिधित्व गराउने नितिगत व्यवस्था तत्काल गर्न माग गरको छ ।
२. नेपालको संविधान २०७२ धारा ८६ को राष्ट्रिय सभाका गठन प्रक्रिायामा अल्पसंख्यक वा अपाङ्गता भएको समुदायलाई प्राथमिकता नदिएका प्रति खेद प्रकट गर्दै संविधानमा रहेको अपाङ्गता र अल्पसंख्यक क्लष्टरलाई अलग्याई अपाङ्गताको छुट्टै कलष्टरको व्यवस्था गर्न ध्यानाकर्षन गरको छ ।
३. स्नानीय तहमा अपाङ्गता भएका समुदायको प्रतिनिधित्व नै नहुने हालको परिस्थिति रहेकोमा उक्त स्थितिलाई सम्बोधन गर्न निर्वाचनमा अपाङ्गता भएको व्यक्तिहरुको प्रतिनिधित्वका निम्ति आरक्षणको व्यवस्था गर्न जोडदार माग गर्न गरको छ ।
४. राजनीतिक दलका संरचनागत तह र जनवर्गीय संगठनहरुमा आपाङ्गता भएका व्यत्तिहरुको अर्थपूर्ण एवम् प्रभावकारी प्रतिनिधीत्व अनिर्वाय सुनिश्चित गर्न राजनीतिक दल र भातृी तथा सुवेक्षुक संस्थासंग माग गरको छ ।
५. सार्वजनिक भवन र भौतिक संरचना अपाङ्गता मैत्रि नभएका कारण सबै प्रकारका अपाङ्गता भएका व्यक्ति विर्वाद रुपमा राजनीतिक गतिविधिमा सहचागि हुन नसकिरहको स्थितिलाई सम्बोधन गर्न राजनितिक दलका कार्यालय, सभा स्थल, बैठक कक्ष, लगायतका भौतिक संरचना तथा सूचना सामग्री सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका निम्ती प्रयोग योग् हुने गरी तत्काल पहँचयुक्त ढाचामा निर्माण थालनी गर्न जोड्दार माग गरको छ ।
६. राजनितिक दलहरुद्धारा प्रकाशन प्रशारण गरिने चुनावी घोषण पत्र, विधान, नियम, निर्देशिका तथा अन्य सामग्री तत्काल सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका निम्ती पहुँचयुक्त ढाचामा निर्माण तथा वितरण गर्न आह्वान गर्दछौ ।
७. सोका निम्ति अपांगता भएका व्यक्तिद्वारा संचालित संघसंस्थाहरुसँग समन्वय गरी आवश्यक सुधार गर्न अनुरोध गर्दछौँ।
८. आफ्ना विधान, घोषणापत्र तथा अन्य दस्तावेज निर्माण तथा दलीय गतिविधिहरूमा अपाङ्गता भएका व्यक्तिको सार्थक सहभागिता सुनिश्चित हुने व्यवस्था तत्काल गर्न हामी माग गर्दछौँ।
९. विभिन्न राज्नितिक दलका विधानमा मनोसामाजिक अपाङ्गता भएका व्यक्ति विरूद्ध हुने गरी विभेदकारी प्रावधान हालको समयमा समेत निरन्तर रहेकाले सो सच्याउन हामी माग गर्दछौं।
१० आफ्ना दलीय समिति तथा संरचनामा अपाङ्गता भएका व्यक्तिको शार्थक एवम् प्रभावकारी सहभागिता तथा प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था मिलाउन आह्वान गर्दछौं।
११. दलीय आन्तरिक प्रतिस्पर्धा तथा विभिन्न आवधिक निर्वाचनका क्रममा अपाङ्गता भएका व्यक्तिको सहभागिता तथा प्रतिनिधित्वका निम्ति निश्चित संख्या छुट्याई उनिहरूलाई चुन्ने तथा चुनिने व्यवस्था तत्काल गर्न गराउन हामी सबै पक्षको ध्यानाकर्षण गर्दछौं।
१२. उल्लिखित व्यवस्था आफ्ना भ्रातृ तथा सुभेच्छुक सङ्गठनमा समेत लागु गर्न गरःउन हामी सम्पूर्ण राजनीतिक दलको ध्यानाकर्षण गराउदछौं।
१३. राजनितिक दल लगायत केसैले पनि विपक्षीलाइ लक्षित गरि वा अन्य प्रयोजनले गरिने टिकाटिप्पणिमा अपाङ्गता भएका व्यक्तिहरुको मर्यादामा आँच आउने गरि आलंकारिक शब्दहरुको प्रयोगमा तत्काल बन्देज लगाउन हामी जोडदार माग गर्दछौ ।
नेत्रहिन युवासंघ नेपालका काेडिनेटर जीवन आचार्यले भने माथि उल्लेखित मागहरू नेतृत्व वर्गले सम्बाेधन गर्नुपर्ने भन्दै निर्वाचन कानुनहरू अपाङ्ग मैत्री हुनुपर्ने वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]