विराटनगर, साउन १४ गते । झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आईतवार झापाको मेचिनगर नगरपालिका-६ स्थितबाट इलाका प्रहरी कार्यालय काकँडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकँडभिट्टबाट खटिएको प्रहरीको टोलीले मेचीनगर-७ का २८ बर्षीय झक बहादुर खड्का र ३० बर्षीय खडग बहादुर दर्जीलाई ५ ग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने हिजो राती बुद्वशान्ति गाँउपालिका- ४ स्थितबाट स्थानिय २५ बर्षीय सम्बर राई र २३ बर्षीय सुरेन्द्र राईलाई १ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय धुलावारीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय चतराले बराहक्षेत्र नगरपालिका-१ स्थित कोशी पुलबाट प्रदेश १-०२-०४९ प १२५१ नम्बरको मोटरसाईकल चालक बराहक्षेत्र -२ का २९ बर्षीय मिलन तामाङलाई प्रतिबन्धित औषधी स्पासरेस्ट ५०० पिस ट्याव्लेट सहित नियन्त्रणमा लिएको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह (पिट) र प्रहरी चौकी घुस्कीहाट सुनसरीबाट खटिएको प्रहरी टोलीले हरिनगरा गाउँपालिका-६ स्थितमा प्र.१-०२-०५३ प ७२०७ नम्बरको मोटरसाईकलमा रहेको ३ वटा झोला चेकजाँच गर्ने क्रममा प्रतिबन्धित औषधी ट्रमाडोल २९ हजार ६४० चक्की बरामद गरेको थियोे ।
प्रतिवन्धित औषधी सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]