विराटनगर, अषाढ ३१ गते । मोरङ र झापाका विभिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने मध्ये मोरङ सुन्दर हरैचा नगरपालिका ४ का २१ बर्षीय मनिष चौधरी, २५ बर्षीय अशोक ऋसिदेब, ३१ बर्षीय नबिन कार्की र ३२ बर्षीय बिष्णु चौधरीलाई २.१५ ग्राम ब्राउन सुगर सहित विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाँटबाट लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
त्यसै गरी झापा बिर्तामोड नगरपालिका ३ का १९ बर्षीय बिबेक खड्का र २१ बर्षीय सरोज चौधरीलाई झापा भद्रपुर नगरपालिका ५ मेचीपुलबाट ब्राउन सुगर २७० मिलिग्राम सहित मेचीपुल बिटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
ब्राउन सुगर सहित पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]