विराटनगर, अषाढ २७ गते । सञ्चारकर्मी संञ्चार सहकारी संस्था लिमिटेडले १३ आैं स्थापना दिवसकाे अवसरमा विराटनगर कार्यक्षेत्र रहेका चारजना पत्रकारलाई नगद, सम्मानपत्र र दाेसल्ला आेढाएर सम्मान गरेका छन ।
संस्थाकाे स्थापना दिवस र सम्मान कार्यक्रमका प्रमुख अतिथि काेशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्घाेष दैनिकका अग्रज पत्रकार माेहन भण्डारी, कान्तिपुर टेलिभिजनका संवाददाता शुशीला पाठक, मकालु टेलिभिजनका संवाददाता नवीन कर्ण र उद्घाेष दैनिकका संवाददाता जुनु भट्टराईलाई सम्मान गरेकाे हाे ।
ताेरेन्द्र इन्दिरा प्रेस स्वतन्त्रता ५१ हजार राशीकाे पुरस्कार भण्डारीलाई, ओमप्रकाश गोयल आर्थिक पत्रकारिता ५० हजार राशीकाे पुरस्कार पाठकलाई, मेम्बर चन्द्रलाल दुर्गा देवी ढकाल सञ्चार श्रमजीवी २१ हजार राशीकाे पुरस्कार कर्णलाई र मिनादेवी महिला मिनादेवी श्रेष्ठ महिला पत्रकार प्राेत्साहन १० हजार राशीकाे पुरस्कार भट्टराईलाई प्रदान गरेका छन ।
उक्त कार्यक्रम सञ्चारकर्मी संञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष दिपक दहालकाे अध्यक्षतामा सम्पन्न भएकाे थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]