अमित ठाकुर ।
रौतहट, अषाढ १९ गते । मधेश प्रदेशकाे रौतहट जिल्लामा अवैध लागुऔषध सहित २ जना भारतीय युवकलाई नागरिकलाई सशस्त्र प्रहरी बलले पक्राउ गरेका छन।
पक्राउ पर्नेमा भारतको बिहार सितामढी जिल्ला बकरी वडा नंबर ३ राघोपुरका २० वर्षिय रौशन कुमार र १८ वर्षिय अमित कुमार रहेका छन ।
भारत नेपालको खुला सिमाना हुँदै रौतहटको गौरबाट चन्द्रपुर तर्फ जादै गरेको यात्रुवाहक गाडीमा लुकाई छिपाई लैजादै गरेको अवस्थामा पक्राउ गरेको शस्त्र प्रहरी नायव उपरीक्षक राजेश श्रेष्ठले वताए ।
पक्राउ परेका भारतीय नागरिककाे साथबाट ६ सय थान लागुऔषध फेनारगन र आइपिपिएल इन्जेक्सन शस्त्र प्रहरी बलले बरामद गरेको छ ।
गौर चपुर सडकखण्डको ईद्रिस गेट अगाडी चेकजाँचका क्रममा पक्राउ परेका दुवै युवकले आइपिपिएल २ सय ९९ थान र फेनारगन २ सय ९९ थान गाडीको सिटमुनी झोलामा लुकाएर राखेका थिए ।
पक्राउ परेका दुवै युवकलाई लागुऔषध सहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएका सशस्त्र प्रहरी बलका शस्त्र प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी गराए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]