चन्दन रौनियार
दुहबी, भाद्र १३ गते । सुनसरीको दुहवीमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकाहरूमा नेपाल बैंक लिमिटेडका २ जना कर्मचारी ३२ वर्षिय १ पुरुष र ३९ वर्षिय १ महिला, सनराइज बैंकका १ कर्मचारी २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।
त्यसैगरी क्वालिटी फ्याक्ट्रीका ३ जना कर्मचारी २४, २७ र ४० वर्षीय पुरुष, पूर्वाञ्चल डिस्टीलेरीका २ जना (दुहवी वार्ड नं ४ का २६ वर्षीय पुरुष र ३४ वर्षिय महिला), दुहवी वार्ड नं ३ का १ महिला १४ वर्षीय गरी ९ जना लाई कोरोना संक्रमण पुष्टी भएको नगरपालिकाका स्वास्थ्य शाखाकी फोकल पर्सन पिंकी भगतले बताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]