विराटनगर, अषाढ १५ गते । प्रगति विनायक जेष्ठ नागरिक सेवा समाज, प्रगति विनायक टाेल विराटनगर-८ ले जेष्ठ नागरिक दिवा भाेजन कार्यक्रम सम्पन्न गरेका छन् ।
नागरिक दिवा भाेजन कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका वडा नं. ८ का वडाअध्यक्ष राम पाेखरेलले भने नेपाली यूवाहरू विदेशिएका कारण घरमा रहेका वृद्ववृद्वाहरू एकहराे भएकाे अवस्था छ । त्यस्ता जेष्ठ नागरिकहरूकाे संरक्षण राज्य र समाजले गर्नुपर्ने वताउँदै समाजमा बढ्दै गरेकाे वृद्ध आश्रमहरूलाई कम गर्दै लानुपर्ने वताए ।
अषाढ १५ गते दही च्यूरा खाने दिनकाे अवसर पारेर जेष्ठ नागरिकहरूलाई दही, च्युरा, केरा, आँप, चीनी लगायतका भाेजन गराएका छन् ।

वडा नं. ८ काे आर्थिक सहयाेगमा बर्षभरी नै विशेष पर्व समाराेहका अवसरहरूमा जेष्ठ नागरिकहरूलाई भेला गराइ भाेजन गराउने लक्ष्य लिएकाे सचिव राजेन्द्र कुमार थापाले वताए ।
साेही अवसरमा विराटनगर महानगरपालिका-८ प्रगति विनायक टाेलमा रहेकाे गणेश मन्दिरका प्रागणमा जेष्ठ नागरिक पार्क निर्माण कार्य भईरहेका छ त्यसलाई जेष्ठ मैत्रीपुर्ण वनाउन प्रदेश सरकार र वडालाई सहयाेग गर्न आग्रह सचिव थापाले गरेका छन ।
प्रगति विनायक जेष्ठ नागरिक सेवा समाजका अध्यक्ष माधव ढुंगेलकाे अध्यक्षतामा दिवा भाेजन कार्यक्रम सम्पन्न भएकाे थियोे ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]