बारा, जेष्ठ १५ गते । १६औं गणतन्त्र दिवसको अवसरमा ‘हरेक उत्सव हरेक मौसम, वतावरणका लागि वृक्षारोपण’ नाराका साथ मधेश प्रदेश बारा जिल्लाको परसौनी गाउँपालिका स्थित बहुप्राविधिक शिक्षालय प्रांगणमा डिभीजन वन कार्यालय बाराले बृक्षारोपन गरेका छन् ।
उक्त वृक्षारोपन कार्यक्रमा आफ्नो मन्तव्य राख्दै वृक्ष मानव सुरेश शर्माले भने जुनसुकै तन्त्र आएपनि स्वस्थ जनशक्तीले मात्रै देश बिकास हुने र यसको लागि स्वच्छ वातावरण आवश्यक रहेकोले यो वृक्षारोपण कार्यक्रममा सहभागी प्रति आभार प्रकट गर्दे कार्यक्रममा साथ सहयोग र अवसर प्रदान सम्पूर्णमा हरित धन्यवाद व्यक्त गरेका थिए ।
गणतन्त्रमा सम्पूर्ण नागरिकको अधिकार कानुन बमोजिम तोकिएको हुन्छ र हाम्रो संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरेको हुँदा तथाकथित भौतिक बिकासको नाममा जथाभावी वन वातावरण बिनास गर्ने छुट कसैलाई छैन र कसैले त्यस्तो गरेमा बिरोध गर्ने अधिकार नेपाली नागरिकलार्य संविधानले नै प्रदान गरेको छ । त्यसैले राम्रो कामको समर्थन संगै खवरदारी गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथी नरेन्द्र कुमार साह, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे समेत सुरक्षा निकाय, राष्ट्र सेवक, स्थानीय जनप्रतिनिधि पत्रकार र नागरिक समाजको अतिरिक्त शिक्षक बिधार्थीको उपस्थितिमा वर पिपल राजवृक्ष जामुन बडहर गोल्डमोहर निम र मैगोस्टिनका गरि ५० वटा विरुवा रोपिएको थियो ।
वृक्षा रोपन प्रसौनी गाउँपालिका अध्यक्ष बिनोद जैसवालको अध्यक्षता अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]