विराटनगर, भाद्र १२ गते । प्रदेश १ मा थप ७४ जना कोरोना संक्रमित थपिएका छन् ।
कोरोना संक्रमण थपभएको जिल्लागत रुपमा मोरंग र झापामा १४÷१४ सुनसरीमा ४१, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगर महानगर पालिकामा ५ पुरुष र २ महिला लेटाङ गाउँपालिकामा २ पुरुष र १ महिला, सुन्दरहरैचा र रंगेलीमा २–२ पुरुषमा संक्रमण पुष्टी भएको छ । झापाको कमल गाउँपालिकामा ७ पुरुष र महिला, मेचीनगरमा ३ पुरुष, हल्दीबारीमा १ पुरुष, शिवसताक्षीमा १ महिलामा कोरोना पुष्टी भएको छ ।
सुनसरीको इनरुवा नगरपालिकामा १४ पुरुष र ६ महिला, धरान उपमहानगर पालिकामा ४ पुरुष र ५ महिला, इटहरी नगरपालिकामा ५ पुरुष, देवानगञ्ज गाउँपालिकामा २ पुरुष र २ महिला, कोशी गाउँपालिकामा ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरमा २ महिला र ५ पुरुष, लेटाङमा १ महिला र २ पुरुष, सुन्दरहरैचा र रंगेलीमा २–२ पुरुषमा संक्रमण देखिएको छ ।
त्यसैगरी संखुवासभाको पाँचखपनमा १ पुरुष, खाँदबारीमा १ महिला, पाँचथरको फाल्गुनन्दमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमितको संख्या प्रदेश नं. १ मा ३ हजार १ सय ४ पुगेको छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या २८ पुगेको  छ ।

प्रदेश १ को जिल्ला गत विवरण

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]