विराटनगर, जेष्ठ ११ गते । प्रहरीमा जागिर लगाई दिने प्रलोभन देखाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं.३ बस्ने ४५ बर्षिय पन्चु पासवान रहेका छ । पासवानले जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं. ५ बस्ने सम्पतलाल झागडको छोरा राज कुमार उराँवलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भनि रूपैया ३ लाख ३० हजार नगद लिई ठगी गरेको थियो ।
ठगी गरेको कसूरमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पासवानलाई पक्राउ सम्मानित मोरङ जिल्ला अदालतबाट दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]