बिराटनगर, जेठ ९ गते । झापा र मोरङको छुट्टाछुट्टै स्थानहरुबाट मोटरसाईकल चोरीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलवार झापाको कनकाई नगरपालिका–३ र ४ स्थितमा चोरीको मोटरसाईकलहरु रहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीको टोलीले झापाको कनकाई नगरपालिका–४ का १८ बर्षिय प्रियंक कडेल, २१ वर्षिय कृष्ण घिमिरे, १८ बर्षिय नबिन बस्नेत, १५ बर्षिय बालक र कनकाई नगरपालिका–३ का १८ बर्षिय सम्रिक चुडाललाई मेची ९ प ६४६१ नम्बरको ल्क् र प्रदेश ३०२–००९ प ५२२१ नम्बरको सी आर ओओ एस फायर मोटरसाईकल सहित नियन्त्रणमा लिएको थियो ।


त्यस्तै मोरङको बिराटनगर महानगरपालिका–७ बाट प्रदेश १–०२–०४४ प ७०२९ र कोशी १८ प ८८६८ नम्बरको बिभिन्न कम्पनीको मोटरसाईकल चोरीमा संलग्न भारत विहारका २० बर्षीय साजिद रजा र २८ बर्षीय एहसान सेखलाई पक्राउ परेको छ ।
पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]