रंगेली, जेठ ३ गते । रंगेली नगरपालिकाका भित्र व्यापर व्यवसायी गरी रहेका व्यपारी र किसानहरु बीच द्धुई बुद्धे सम्झाता भएको छ ।
किसानहरुलाई व्यपारीहरुले गरेको ठगी लगायतका समस्या सम्बन्धमा नगरपालिकामा आएको ज्ञापनपत्र र मौखिक गुनासोको आधारमा रंगेली नगरपालिकाका प्रमुख दिलीप कुमार अग्रवालले नगर भरिका जिन्सी एवंम खाद्य वस्तु खरिद बिक्री कर्ता व्यपारी र समस्यामा परेका किसानहरु बीच छलफल गराई दुई बुद्धे सम्झौता बुधवार गराएको हो ।
उक्त सम्झौतामा व्यपारीले किसानको उत्पादन खरिद गर्दा सर्व प्रथम गुणस्तरीय ढक (काटा) को प्रयोग गर्ने र समानको मूल्य उधारो वा नग्दीको लिखित भरपाई किसानलाई दिने सम्झौता गराई त्यसलाई पालन गर्न प्रमुख अग्रवालले निर्देशन समेत दिएका छन् ।
विगतको समयमा व्यपारीहरुले किसानको उत्पादन धान, मकै, गेहूँ, पटुवा (जुट), तोरी लगायतका वस्तुहरू किसानको घरमै गई किन्ने गरेको छ । किसानको खाद्य वस्तु वा जिन्सी खरिद गर्दा कहिले पनि नगद कारोवार गरेको थिएनन ।
व्यापारीले किसानको खाद्य्य र जिन्सी लगायतको बस्तु खरिद गर्दा उधारोमा खरिद गरी किसानलाई कुनै किसिमको लिखित भपाई दिने गरेका थिएनन । लिखित भर्पाइ नदिदा अधिकांश किसानहरु व्यपारीहरुवाट ठगीमा परेका थिए । त्यसैगरी किसानहरुले विक्री गर्न ल्याएका बस्तुहरु व्यपारीहरुले ४० किलोको सट्टा ४२ किलोलाई (एक मन) बनाएर रकम भुक्तानी दिदै आएका थिए । तौलमा समेत व्यपारीहरुले किसानलाई ठगी गरि रहेका थिए ।


केहि वर्ष यता व्यपारीहरुले डिजिटल काटाहरु प्रयोग गर्दा पनि किसानहरुलाई थाहै नहुने गरी तौलमा ४० किलोको (एक मन) बनाउनु पर्नेमा ४२–४५ किलोको (एक मन) तौल बनाइ भुक्तानी दिदा किसान ठूलो मर्कामा परेको रहस्य खुलेको थियो ।
केही व्यपारीहरुले चलन चल्तीको मुल्य भन्दा केही बढी रकम दिने प्रलोभन देखाई किसानका उत्पादहरु खरीद गरी पछि पैसाको लागि महिनौ कुदाउने, कतिको पैसा नै नदिने गरिएको थियो । धेरै किसानहरुले उत्पादन गरेका बस्तु विक्री गरेपति व्यपारीवाट भुक्तनी नपाएका किसानहरुको भनाईछ ।
किसानहरुको समस्याहरुलाई स्थानीय पत्रकार सुरेन्द्र कुमार मण्डलले रंगेलिकाका किसानहरुसंग छलफल गरी व्यपारी र किसान बीच सम्न्यव्य गरी दिन २०८० श्रावण २२ गते रंगेली नगरप्रमुख दिलीप कुमार अग्रवाल लाई ज्ञापन पत्र बुझाएको थियो । उक्त ज्ञापन पत्र बुझाउँदा दीपक ठाकुर, योगेश्वर प्रसाद मण्डल, नविन कुमार मण्डल, भगवान् चन्द यादव, धीरेन्द्र शाह, लगायतको उपस्थिति रहको थियो ।
विगत दश महिना भित्र धेरै पटक नगर प्रमुखलाई घचघच्याई रहँदा नगर प्रमुख दिलीप कुमार अग्रवालले किसानहरूको यथा स्थिति बुझेर जेष्ठ २ गते बुधबार रंगेली नगरपालिका भित्र व्यापार गर्ने व्यापारी र किसानहरुलाई बोलाई छलफल गराई व्यापारी र किसान बीच सम्झौता गराएका छन् ।
सम्झौता विपरी व्यापारी वा किसानवाट गल्ती फेला परेमा नगरपालिका स्वयंले कानुनी प्रक्रियामा अगाडी बढाई कारवाही गर्ने नगर प्रमुख अग्रवालले वताए ।
उक्त छलफलमा रंगेली नगरपालिकाका उप प्रमुख भुमा कुमारी पराजुली रंगेली व्यपार प्रबन्ध समितिका अध्यक्ष सन्तोष शाह, उपाध्यक्ष नरेश मण्डल, सचिव बैजनाथ ठाकुर, व्यपारी महेन्द्र प्रसाद शाह, कमलेश पौदार, उमेश पौदार, तीर्थानंद मंडल लगायतको उपस्थिति रहको थियो ।
किसानको तर्फवाट जागेश्वर मण्डल, निरञ्जन मण्डल, केशव कुमार मण्डल र ज्ञापनपत्र बुझाउने लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]