अमित ठाकुर
रौतहट, बैशाख ३० गते । जिल्ला प्रहरी कार्यालय रौतहटमा नयाँ प्रहरी प्रमुखमा एसपी दिलिप घिमिरे हाजिर भएपछि अपराध तथा तस्करी नियन्त्रण गरी राजस्व वृद्धिमा प्रहरीले अहम् भूमिका खेलिरहेको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताएकी छिन्।
गत चैतको अन्तिम साता रौतहट प्रहरी प्रमुखमा हाजिर भएपछि दर्जनौँ तस्करलाई तस्करीको सामानसहित पक्राउ गरी भन्सारमा बुझाएपछि प्रहरी नायव उपरीक्षक गिरीले साे कुरा वताएका हुन ।
रौतहटसंग जाेडिएकाे भारत बिहारका खुला सिमानामा तस्करहरुले पछिल्लो समयमा खुला याम तस्करी गरिदै आएकाे थियो । एक महिना देखि तस्करी नियन्त्रणमा आएको प्रहरी नायव उपरीक्षक गिरीले दावी गरेकी छिन ।
बिगतमा यसक्षेत्र अपराध तथा तस्करी चल्दै आएकाे थियो । अहिले बिस्तारै अपराध तथा तस्करी नियन्त्रणमा आईरहेको प्रहरी उपरीक्षक घिमिरेले वताए ।
जिल्ला प्रहरी कार्यालय रौतहटको कमाण्ड लिएका प्रहरी उपरीक्षक घिमिरेले अवैध रुपमा सीमा वारपार हुने सामान तस्करीलाई राेक्न कठोर नीति लिएकाे लिएकाे छ ।
त्यसैगरी लागू औषधको ओसारपसार तथा गाँजा उत्पादनमा बदनाम रहेको रौतहट लागू औषध सेवनकर्तालाई काउन्सिलिङ गर्ने, ओसारपसारको संजाल भत्काउने, ओसारपसारमा संलग्नलाई पक्राउ गर्ने कार्य तीब्र गतीमा चलिरहेको प्रहरी नायव उपरीक्षक गिरीले बताईन्।
जिल्ला प्रहरी कार्यालय रौतहटको कमाण्ड लिएका प्रहरी उपरीक्षक घिमिरेले अहिले १ महिनामा १ करोड भन्दा बढीको भन्सार छलीका स- समान भन्सार दाखिला गरेको प्रहरी नायव उपरीक्षक गिरीले बताईन्। पछिल्लो समयमा रौतहटमा अपराधीक घटनामा संलग्न रहेका अपराधीलाई समयमै खोजतलास पक्राउ गरी सम्मानित जिल्ला अदालतमा बुझाउने क्रम जारी रहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]