विराटनगर, बैशाख २७ गते । जिल्ला मोरङ जहदा गाउँपालिका वडा नं. ३ हाथिबन्दाबाट २ सय १८ किलो १७५ ग्राम भएको १० बोरा गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागू औषध गाँजा ओसारपसार गरि रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले सो स्थानमा जाँदा एकान्त स्थलमा रहेको मकैबारीमा गहुँको भुषामा लुकाई छिपाई राखेको अवस्थामा गाँजा फेला पारी बरामद गरिएको थियो ।
सो गाँजा भण्डारण गर्ने कार्यमा संलग्न मध्येका जिल्ला मोरङ जहदा गाउँपालिका वडा नं. ३ हाथिबन्दाका भैया किस्कुको छोरा बर्ष २४ को भगवान किस्कुलाई पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट लागुऔषध मुद्धामा म्याद थप भई अनुसन्धान कार्य भै रहेको प्रहरीले जनाएका छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]