विराटनगर, बैशाख २५ गते । सामाजिक संजाल फेसबुक मार्फत चिनजान भई फोनमा कुराकानी गरि विवाह गर्ने प्रलोभनमा पारी जबरजस्ती करणी गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला तनहुँ भिमाद नगरपालिका वडा नं. २ स्थाई वतन भएको बर्ष ३७ को हिमाल मगर भन्ने अभिमान सिं आलेलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको सहयोगमा शनिवार ओखलढुंगा, सिद्दिचरण नगरापलिका वडा नं. ११ रमाईलो डाँडाबाट पक्राउ गरिएको थियो ।
घटनाको विवरण अनुसार परिवर्तित नाम संखुवासभा–०५(छ) लाई खाँदबारी स्थित एक होटलमा लिएर गई जवर्जस्ती करणी गरी तत्पश्चात फरार रहेकोमा घटना पश्चात सामाजिक संजाल फेसबुक समेत निस्कृय गरी भागी हिडेको साथै निज प्रतिवादीको नाम थर समेत पीडित बालिकालाई जानकारी नभएको, पीडित बालिका तथा निजको अभिभावक प्रहरीको सम्पर्कमा आए पश्चात घटना सम्वन्धि सुक्ष्म अनुसन्धान गरी निज प्रतिवादीको बास्तविक नाम, थर, वतन खुल्न आई आएपछि पक्राउ गरिएको थियो ।
सोमवार सम्मानित संखुवासभा जिल्ला अदालतबाट म्याद थप भई मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]