दिलीप अग्रवाल
रंगेली, बैशाख ६ गते । रंगेली नगरपालिका वार्ड नं ३ स्थित बाबु साहेब टोलकाे अग्नि पीडितहरूकाे घर निर्माणका लागि मोरङ्ग समाज काठमाण्डौ (मोसोका) ले रकम हस्तान्तरण गरेका छन ।
नगरपालिकाका मेयर दिलीप बगडिया र वार्ड नं ३ का वडा अध्यक्ष भरत राज प्रसाईलाई मोसाकाका अध्यक्ष नरेन्द्र खतिवडा द्वारा आफ्नै सदस्य हरुबाट संकलन गरि १ लाख १५ हजार २६६ रुपैयाँ हस्तान्तरण गरेको खतिवडाले वताए ।
अति विपन्न सन्थाल समुदायकाे बस्तीमा गत चैत्र ३ गते भएको भिषण आगलागी भै बस्ती नै सखाप भएको र उक्त बस्ती पुन निर्माण गर्नका लागि नगद हस्तान्तरण गरिएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]