राजेश कुमार राजवंशी
विराटनगर, बैशाख ५ गते । विराट राजवंशी सास्कृतिक पुस्तकालय भवनको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शिलान्यास गरेका छन् ।
विराटनगर–१२ बखरीमा केही वर्ष देखि कोठा भाडामा लिएर संचालनमा रहेको विराट राजवंशी सास्कृतिक पुस्तकालयको जग्गामा मुख्यमन्त्री कार्कीले भवन निर्माको शिलान्यास गरेको हो ।
सास्कृतिक पुस्तकालयको निर्माण कार्य बजेट अनुसार निर्माण कार्य सम्पन्न हुने मुख्य मन्त्री कार्कीले बताएका छन । विराट राजवंशी सास्कृतिक पुस्तकालयको कार्यक्रममा बोल्दै जुन बोल्ने हो त्यो काम पुरा गर्नु पर्छ । राजनीति कुनै पनि देशमा चाहे उतर कोरिया या भारत होस् राजनीति घृणा लागे पनि राजनीतिले नै निर्णय गर्ने हो । राजवंशी युवाहरूले भवन शिलान्यास गर्नु भयो वा भवन पनि बन्ला पंखा पनि होला वा किताब पनि राख्ला डिजिटल लाइब्रेरीको पनि स्थापना गरौंला । तर लाइब्रेरीमा आएर पढ्ने मान्छे भएन भने मरेको शरीर जस्तै हुन्छ । मरेको शरीर राखी राखौ भने गन्हाउछ मुख्यमन्त्रीका भनाई थियो ।

त्यसै कारणले पुस्तकालय भित्र पढ्ने वातावरण बनाइ दिनु पर्यो । चेतनशील भए पनि डाक्टर भएर केही हुँदैन ।विरामीले औंषधि खाएन भने नशा भित्र सुइ छिरेन भने डाक्टर पचास वटा राखे पनि त्यो मान्छे बाच्न सक्दैन । त्यसैले विराट राजवंशी सास्कृतिक पुस्तकालयलाई बचाउने काम विराट राजवंशी समाजको हो । मानवीय विकास बाट भौतिक विकास सम्भव छ । हामीले धेरै बाटो घाटो चौतारी, मठ मन्दिर पुस्तकालय बनायौ त्यसको सदुपयोग भयो कि भएन मानव विकास चाहिन्छ । त्यस्तो काम कोशी प्रदेश सरकारले गरेको छ । तपाईंहरुको भोट लिएर सबै आमाको काखमा बच्चा दिएको छ । कोशी प्रदेशमा दस वर्ष मुनिको बालबालिकालाई निशुल्क उपचार सेवा लागु भई सकेको मुख्यमन्त्री कार्कीले वताए ।
कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजनाको बजेटबाट पुस्तकालय भवन निर्माण हुन लागेको हो । आयोजनाले भवन निर्माणकालागि २५ लाख बजेट विनियोजन गरेको आयोजना प्रमुख कुलदीप यादवले जानकारी जानकारी दिएका थिए ।
कार्यक्रममा बक्ताहरु बोल्दै राष्ट्रिय आदिवासी जनजाति वरिष्ठ उपाध्यक्ष प्रदीप विस्वास राजवंशी मगही भाषा प्रतिष्ठान मोरङ अध्यक्ष जय प्रकाश महतो विराट राजवंशी सास्कृतिक पुस्तकालयलाई अगाडि बढाउन सहयोग र साथ रहन प्रतिवद्धता जनाएका थिए ।


विराट राजवंशी सास्कृतिक पुस्तकालयको अध्यक्ष कुशेस्वर राजवंशी विराट राजवंशी एकता, पहिचान, अधिकार, समृद्धि र स्वाभिमानको लागि वा भेष भुषा, भाषा कला संस्कृति समृद्धिको निम्ति विराट राजवंशी पुस्तकालय भवन निर्माण गर्न लागेको वताएका थिए ।
भवन निर्माणका लागि पुस्तकालय समितिले पौने ७ धुर जग्गा खरीद गरेको छ भने ६ धुर जग्गा स्थानिय समाजसेवी ईन्जीनियर रामअशिष महतोले भुमिदान गर्नुभएको छ ।
पुस्तकालय भवन निर्माणको बुढी गंगा गाउँपालिकाको जीआर निर्माण सेवाले ठेक्का लिएको छ । २०८० चैत ३० गते भएको ठेक्का सम्झौता अनुसार विनियोजित बजेटबाट निर्माण कम्पनीले भुईतल्ला, पिलर र छत ढलानको काम सक्ने निर्माण कम्पनीका प्रोप्राईटर उज्वल राउतले वताए । २०८१ जेठ मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने ठेक्का सम्झौता छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]