विराटनर, भाद्र १२ गते । प्रदेश नं. १ को राजधानी विराटनगरमा रहेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रदेश नं. २ को सिरहा जिल्ला लहान घर भएकी ६५ वर्षिय महिलाको उपचारको क्रममा मृत्भएका छ । श्वास–प्रश्वासमा समस्या भएपछि विहीवार कोशी अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन ती महिलामा कोरोना पुष्टी भएको अस्पतालले जनाएको छ ।
सो महिलाको आइसोलेशनमा राखेर उपचार भईरहेकोमा अचानक स्वास्थ्य अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा उपचार कै क्रममा मृत्यु भएको कोभिड–१९ उपचार केन्द्रका डा. दिपक सिग्देलको भनाई छ ।
प्रहरीले भने मृतक महिला लाहान घर भइ विराटनगर–१० मा डेरा बस्दै आएको जनाएको छ । महिलाको शव व्यवस्थापनको पहल भइरहेको छ । प्रदेश नं. १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]