वीरगंज, चैत २५ गते । वीरगंज महानगरपालिका घण्टाघरको लिंकरोडमा अवस्थित नेसेन्ट एजुकेशन फाउन्डेसन प्राईभेट लिमिटेडले विद्यार्थीहरुलाई गुमराहमा राखी पारुल युनिभर्सिटी भारतमा पठाई विद्यार्थीहरुसँग मोटो रकम लुट्दै गरेकोे छ ।
भारतको गुजरातमा रहेको पारुल युनिभर्सिटीको बारा, पर्सा, रौतहटको आधिकारिक भर्ना प्रतिनिधि भएका नेसेन्टका सञ्चालक शिक्षा माफिया रंजित पडितले विद्यार्थी र अभिभावकहरुलाई गुमराहमा राखी ठगी धन्दा गर्दै गरेको स्थानीयले आरोप लगाएका छन् ।
शिक्षा माफियाको नामले चर्चा कमाएका नेसेन्टका सञ्चालक पडितले पारुलमा पठाएको विद्यार्थीसँग आन्तरिक रुपमा मोटो रकम असुल गरी रहेको स्रोतका दावी छ ।
नेपाल सरकारको मापदण्ड विपरित नेसेन्ट एजुकेशन सञ्चालन गरेका पडितले पारुल युनिभर्सिटीमा वार्षिक करिब २५० विद्यार्थी पठाए पनि नेपाल सरकारलाई कम विद्यार्थी देखाई लाखौं लाख राजस्व समेत छली गरको छ । कैयौं अभिभावक र विद्यार्थीहरुलाई झुक्याई पडितले रकम ठगी गरेपनि सो विद्यार्थीहरुलाई कबोल गरेको युनिभर्सिटीमा नपठाई हैरान समेत गर्ने गरेको विद्याथीहरुले गुनासो गरेका छन् ।
पडितको ठगी कार्यमा सहयोग गर्दै आएका उनका केही सहयोगीहरु नक्कली सर्टिफिकेटको कारोबारमा संलग्न रहेको आंशका गरिएको छ । विद्यार्थीहरुलाई बाहिर पठाउने र उनीहरु दुर्भाग्यवस फेल भएमा नेसेन्टका सञ्चालक पडितको टिमले नक्कली सर्टिफिकेट बनाएर दिने गरेकोे छ ।
भारतको पारुल युनिभर्सिटीमा पढाई र छात्रावासको खानामा झिंगा, किरा, मुसा भेटिएको र ठगिएका पिडित विद्यार्थीहरुले केही दिन अगाडि स्थानिय प्रहरी प्रशासनमा निवेदन दिएका थिए । पारुल युनिभर्सिटीको व्यवस्थापन कमजोर रहेको कारण पढाई राम्रो नरहेको, छात्रावासका विद्यार्थीहरु गुटखा खानमा मस्त रहने गरेको र खानामा झिंगा, किरा र मुसा भेटिएकोले छ । पारुल युनिभर्सिटीको छात्रावासको खाना मानविय खाना नरहेको र व्यवस्थापनको कमजोरीको कारण छात्र–छात्रा बिग्रने गरेको कारण नेपालमा सो युनिभर्सिटीको प्रवेशमा रोक लगाउन शिक्षाविद्धहरुको भनाई रहेको छ ।
नेसेन्टका सञ्चालक रंजित पडितसँग मोबाईल फोन गरी प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । मापदण्ड बिपरित सञ्चालनमा रहेका नेसेन्ट एजुकेशनले ठगी धन्दा चलाउदै, नक्कली सर्टिफिकेट बनाउने गिरोह राखेको आरोप लागि रहेकोमा वीरगंज महानगरपालिका, स्थानिय प्रहरी प्रशासन लगायतका नियमनकारी निकाय मौन रहेकोले छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]