विराटनगर, चैत १८ गते । गरिब दलित महिला समृद्ध अभियान नेपालले विराटनगर महानगरपालिका भित्रका १२ वटा सामुदायक विद्यालयका छात्राहरुसँग किशोरी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
विराटनगरको सत्यनारायण उच्च माध्यमिक विद्यालयको सभाहलमा योगमाया न्यौपाने फाउण्डेशनका सहकार्यमा सचेतना कार्यक्रम गरिएको थियो ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी मोरंगका प्रहरी निरीक्षक दुर्गा राईले समाजमा बढी रहेको साईवर क्राईमबाट समाजमा भई रहेको घटनाहरुको जानकारी गराउँदै त्यसबाट बच्ने उपायहरुको बारेमा सहजीकरण गरेका थिए ।


त्यसैगरी समाजिक विकास मन्त्रालय समाजिक महाशाखा अधिकृत सुनिता भट्टराईले समाजमा भई रहेको महिला तथा किशोरी हिन्साको बारेमा जानकारी गराउँदै त्यसको रोकथामका लागि मन्त्रालयले गरि रहेको कामको बारेमा उल्लेख गरेका थिए ।
फाउन्डेशनकी अध्यक्ष एवं बरिष्ठ अधिवक्त सीता पौडेलले समाजमा भईरहको महिला हिन्सा र किशोरी दुव्र्यवहार गर्नेलाई कस्तो कानुनी कारवाही गर्न सकिन्छ । महिला हिन्सा गर्ने अपराधीलाई कानुनले कस्तो किसिमको सजाय हुन सक्छ त्यस बारेमा जानकारी गराएका थिए ।
प्रत्येक सामुदायिक विद्यालयकबाट ५ जना छात्रा र विद्यालयका शिक्षक प्रतिनिधीहरुको उपस्थितिमा भएको संचेतना कार्यक्रमको अध्यक्षता कोशी प्रदेशकी पूर्व सांसद एवं योगमाया न्यौपाने फाउन्डेशनकी संरक्षक यसोदा अधिकारीले गरेकी थिईन ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]