विवश गौतम
विराटनगर, चैत १७ गते । ओस्कार अन्तराष्ट्रिय कलेजले नेपाल भरिका ठूला दश शहरमा सिनेमा साक्षरता अभियान शुरु गरेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेजले चैत्र १४, १५ र १६ गते क्रमशः झापाको विर्तामोड, कोशी प्रदेशको राजधानी विराटनगर र इटहरीमा सफलता साथ सम्पन्न भएको छ । विगत दुई दशकदेखि सिनेमा शिक्षाक्षेत्रमा निरन्तर योगदान गर्दै आएको स्नातक तह अध्ययन गराउने नेपालकै पहिलो कलेज हो ।
विर्तामोडमा एक सहभागीले भने “यस्तो शैक्षिक अभियानले दक्ष कलाकारहरू मात्र उत्पादन गर्दैन तर राम्रो दर्शक पनि पाउनुका साथै चलचित्रप्रति हेर्ने नकरात्मक दृष्टिकोण पनि परिवर्तन हुनेछ ।” अर्का सहभागीले भने “चलचित्र निर्माण गर्दाको दुःख तथा अप्ठ्यारो पक्षलाई दर्शकसामु उजागर गर्दै यसप्रतिको लगानी, मेहनत परिश्रमको कदर गर्न यस सिनेमा साक्षार अभियानले मद्दत पुग्नेछ ।”
“कार्यशालामा वास्तविक जीवनमा देखिएका चरित्रहरूको उदाहरण दिँदै घटना परिघटना जोड्दै हामी आफैले तत्कालै एउटा कथालाई कसरी पटकथामा रुपान्तरण गर्ने कुरा सिक्दैगर्दा र दृष्य पछाडिको सम्पूर्ण कार्यहरूको बारेमा बुझ्दैगर्दा चलचित्रकर्मीहरूप्रति एक प्रकारको श्रद्धा वा आदर जागेर आयो ।” भनेर एक सहभागीले आफ्नो बुझाइ व्यक्त गरे । अर्की सहभागी गेशिका श्रेष्ठले यो कार्यशाला निकै नै चाखलाग्दो र रोचक भएको बताइन् ।
रङ्गेली मुभीमा अभिनित नव कलाकार अभिषेक रोय पनि एभरेष्ट सेकेन्टरी स्कूल विराटनगरमा आयोजित सिनेमा साक्षरता अभियानमा सहभागी भएका थिए र उनले यस कार्यक्रमबाट आफूले सिकेको चलचित्र निर्माण एक गहिरो विषय भएको बताएका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने “चलचित्र बडो मेहेनतका साथ निर्माण गरिन्छ । यसमा भएका सकरात्मक नकरात्मक पक्ष भन्दा पनि यसको भाव र यसले दिन खोजेको शिक्षा धेरै महत्वपूर्ण रहेछ ।” सबै सहभागीहरूले फिल्म साक्षारता अभियान विराटनगर जस्तो एैतिहासिक शहरमा लिएर आएकोमा खुशी व्यक्त गर्दै ओष्कार अन्तराष्ट्रिय कलेजलाई धन्यवाद व्यक्त गरे ।


“यो एउटा चलचित्र निर्माण क्षेत्रका लागि साक्षारता अभियान हो र यस बारेमा पनि अध्ययनको खाँचो छ भनेर हामीले यो अभियान शुरु गरेका छौं । फिल्मको बारेमा मानिसहरूको बुझाइ गलत छ र त्यो बुझाइलाई सच्च्याउने यो एक अभ्यास हो । जसरी अध्ययनका लागि इन्जिनियरिङ्ग, व्यवस्थापन लगायतका अनेक विषयहरू छन् त्यसरी नै यस आर्ट फिल्डमा हुने सिनेमा शिक्षाभित्र पनि विविध विषयहरू छन् । सिनेमा पनि एक अध्ययनको विषय हो भनेर बुझाउन यो अभियान शुरु गरेका हौं ।” भनेर सिनेमा साक्षार अभियानका प्रबन्धक तथा कलेजका प्रशासकीय प्रमुख नविन न्यौपानेले भने । “अभियानका प्रबन्धक वा इभेन्ट मेन्टोर रुपमा भन्नुपर्दा सहाभागी धेरथोर भन्दा पनि विराटनगरको कार्यक्रममा जति जना उपस्थित भएर सिक्नुभयो त्यसमा एकदमै सन्तुष्टी मिलेको छ ।” भने । यो पहिलो पटक देशव्यापी रुपमा सिनेमा साक्षारता अभियान सञ्चालन गरिएको हो ।
विराटनगरमा न्युन सहभागी भएपनि क्वालिटी इभेन्ट भएको कुरा कलेजका प्रधानाध्यापक राजा राम दाहालले दाबी गरेका छन् । उनले भने “अहिले स्कूलहरूमा परीक्षा चलिरहँदा हामीले ठूलो समूह भन्दा पनि इभेन्टका लागि आवश्यक र रुची भएका सहभागीहरू पाएका छौँ ।”
त्यसैगरी इटहरीमा सुष्मा गोदावरी कलेजमा सम्पन्न कार्यक्रममा प्रदिप श्रेष्ठले भने “ओस्कार कलेजले गरेको शिक्षाप्रतिको यो कार्य इतिहासमा नाम रहनेछ भन्ने विश्वास लिएको छु ।” प्रशन्ना विश्वकर्माले भनिन् “मैले पहिले पनि सामान्य नाटकहरूको कक्षामा भाग लिंदै आइरहेकी थिएँ र पहिला सिकेका कुराहरू यहाँ नयाँ तरिकाले सिक्न पाएँ ।” “धेरै जना डाक्टर, इन्जिनियर बन्न र पैसा कमाउन होडबाजी गरे झैँ लागिरहेका छन् तर कलाको क्षेत्र यस्तो क्षेत्र हो, यसमा दाम पनि छ दाम पनि छ, यसमा जतिको अरु कुनै क्षेत्रमा पैसा छैन ।” भनेर लिओ जिल्ला परिषद्का सल्लाहकार युवराज काफ्लेले भने ।
विर्तामोडको कञ्चनजङ्गा अंग्रेजी माध्यमिक विद्यालयबाट शुरु भएको उक्त शैक्षिक अभियान आज जनकपुरको मोनास्टीक स्कूल÷कलेज, भानु चौकमा हुँदैछ क्रमशः हेटौंडा, नारायणगढ, बुटवल, घोराही, धनगडी र चैत्र २५ गते पोखरामा समापन हुनेछ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]