विराटनगर, चैत १५ गते । आठौ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगितका प्रथम दिनको खेलमा विभागीय टिम नेपाल पुलिस क्बललाई ३–० गोलले हराउँदै पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) विजय भएका छन् ।
विजय भएसँगै पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । क्वाटर चैत १७ गते हुने क्वाटर फाइनलमा घरेलु टिम संग्रीला मोरंग फुटबल क्वलसंग प्रतिस्पर्धा हुनेछ ।
विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमबाट भएकोे रात्रीकालिन गोल्डकपको उद्घाटन खेलमा जितको लागि आरटिएफसीका किन्ले ग्यालसेन, किन्जाङ तेन्जिङ र सिद्धर्थ गुरूङले समान १–१ गोल गरे ।
पहिलो हाफमा दुई गोल खाएपछि दवाबमा परेको पुलिसले दोस्रो हाफदेखि आक्रमक खेल खेल्दा पुलिसका खेलाडीले थुप्रै गोल गर्ने सुन्दर अवसर चुकाउँदा तीन पटकको विराट गोल्डकपको च्याम्पियन टिम पहिलो खेलबाट बाहिरिएका छन् ।
खेलको प्लेयर अफ द म्याच भुटानका किन्जाङ तेन्जिङ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए । शुक्रबारको खेल त्रिभूवन आर्मी फुटबल क्लब र न्यूरोड टिम एनआरटी काठमाण्डौं बीच प्रतिस्पर्धा हुनेछ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]