विराटनगर, चैत १४ गते । आठौ संस्करणको विराट गोल्डकप प्रतियोगिताको समुद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गर्ने भएको छ ।
विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर बहादर शाहीले शहिद मैदानमा पत्रकार सम्मेलन गरी भोली चैत १५ गते २५ गते सम्म हुने फुटबल प्रतियोगिताको समुद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गर्ने जानकारी दिएको हो ।
दिवा र रात्रिकालीन खेलको उद्घाटनमा आरटिसी एफसीले पूर्व विजेता नेपाल पुलिस क्लबको सामना गर्ने तय भएको जानकारी दिए । उनले बेलुका पौने ६ बजे सुरु हुने गोल्डकप भएको छ ।
त्यसैगरी, खेल तालिका सार्वजनिक गरिएको बताउँदै ट्रष्टका सचिव तथा गोल्डकप प्रचार प्रसार समिति संयोजक ध्रुव सिग्देलले समूह ‘ए’ मा घरेलु टोली सांग्रिला मोरङ एफए, भुटानको रोयल थिम्पु एफसी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली एएपिएफसी र सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईज युनाइटेड रहेको जानकारी दिए ।
समूह ‘बि’ मा भारतको सिक्किम ड्रायगन्स, साउर्थन समिति कोलकाता, त्रिभूवन आर्मी फुटबल क्लब, न्यूरोड टिम, मच्छिन्द्र फुटबल क्लब रहेको सिग्देलले बताए ।
विजेताले ११ लाख र उप–विजेताले ५ लाख ५० हजार पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार रुपैयाँ र सर्वोकृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ ।
गोल्डकपका लागि मैदान अन्तिम तयारीमा पुगेको बताउँदै सचिव सिग्देलले उद्घाटनमा चौथो संस्करणको विजेता पुलिससँग रोयल थिम्पु एफसी भिड्ने भएको हो । २०१८ सालबाट महेन्द्र गोल्डकपको नाममा आयोजना हुँदै आएको गोल्डकप २०६८ बाट विराट गोल्डकपमा परिवर्तन भएको सचिव सिग्देलले बताए । तत्कालीन महेन्द्र गोल्डकपमा विभागीय पुलिस क्लबले तीन पटक उपाधि चुमिसकेको छ । भुटानको थिम्पु एघारले २०३१ सालमा गोल्डकपको उपाधि चुमेको थियो ।
गोल्डकप सम्पन्न गर्न करिब १ करोड १८ लाख ४३ हजार रुपैयाँ लाग्ने ट्रष्टले जनाएको छ । ट्रष्टले पहिलो पटक आफंै आयोजक भएर गर्न लागेको गोल्डकपको मुख्य प्रायोजकमा एनआइसी एसिया बैंक र रमपम चाउचाउ रहेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]