विराटगनर, चैत १० गते । रंगारंग महान होली पर्वको अवसरमा नेपाल बड्ही समाज मोरंग शाखाले दुई जना जेष्ठ नागरिकलाई सम्मान गरेको छन् ।
समाजले विराटनगरमा आयोजना गरेको होली तथा नयाँ वर्ष २०८१ को शुभकामना आदान–प्रदान र संस्थागत नेतृत्व विकास तथा अन्तरक्रियामा विराटनगरका वडा नं. ४ का प्रभु शर्मा र ५ की शरलादेवी शर्मालाई कार्यक्रमका प्रमुख अतिथी नेपाल बड्ही समाजका केन्द्रीय अध्यक्ष ओम प्रकाश विश्वकर्मा, महासचीव सुरेश ठाकुर, सचिव लक्ष्मी सुतिहार र मोरंग जिल्ला अध्यक्ष संजय शर्माले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान गरेको हो ।
केन्द्रीय समितिका प्रदाधिकारीहरुले नेपाल बड्ही समाजलाई अगाडी बढाउन जिल्ला अधिवेशन, पालिकाहरुको अधिवेश र तथ्याँक संकलनको बारेमा प्रस्तुती गरेका थिए । बड्ही जातीको बसोवास मेची देखि महाकाली सम्म रहको भन्दै तीनहरुलाई एकता वद्ध गर्न र जातिको उत्थान गर्न एक वद्ध भएर लाग्नु पर्ने वताएका थिए ।
सोही अवसरमा सहभागीहरुले नेपाल बड्ही समाज गठन गरेको १६ वर्ष पुगी सक्दा पनि बड्ही जातिको लागि केही गर्न नसकेको, समाजमा लागेर यूवाहरुलाई के फाईदा हुन्छ भनेर प्रश्न गरेका थिए । नेपाल बड्ही समाजका जिल्ला पदाधिकारीहरुले मोरंगमा एकता नभएसम्म जिल्ला अधिवेश हुन नसक्ने बताएका थिए ।
सोही अवसरमा अरुण शर्माले होली पर्व र नयाँ वर्षको शुभकामना दिदै नेपाल बड्ही समाजले जातिको पहिचना र उत्थानका लागि तथ्यांक संकलन, बड्ही जातिको भेला, बड्ही जातिमा रहेको गरीब विद्यार्थीको लागि आर्थिक सहयोग, दहेज प्रथाको अन्त लगायतको कार्यक्रम गर्न एकजुट भएर लाग्नु पर्ने वताएका थिए ।
त्यसैगरी शिवन ठाकुरले समाजको केन्द्रीय नेतृत्व लगायत जिल्लाका पदाधिकारीहरुले आम बड्ही जातीको समस्यालाई सुनेर त्यसको निवारण गर्न तिर लाग्नु पर्ने भन्दै होली तथा आउन लागेको नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए । उक्त अवसरमा समाजका अगुवा छेदीलाल शर्मा, बेचन शर्मा, कमला शर्मा, घनश्याम शर्मा, टुनटुन शर्मा, लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अध्यक्षता ग्रहण गरेका नेपाल बड्ही समाज मोरंग अध्यक्ष संजय शर्माले होली तथा आउन लागेको नयाँ वर्षका शुभकामना दिनै समाज भित्र केही समस्या रहेता पनि त्यसलाई छलफलको माध्यमबाट समाधान गरी एकतावद्ध भएर जातीका पहिचान र उत्थान गर्न लाग्नु पर्ने भन्दै कार्यक्रम समापन गरेको थिए । होली तथा नयाँ वर्ष २०८१ को शुभकामना आदान–प्रदान र संस्थागत नेतृत्व विकास तथा अन्तरक्रियामा उद्घोषण सचीव रामकुमार शर्मा सुतिहारले गरेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]