विराटनगर, चैत ९ गते । नेपाल यादव सेवा समितिद्धारा चार जना यादव समुदायका पत्रकारहरु सम्मानित भएका छन् ।
सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका सदस्य एवं चिरफार डटकम अनलाइनका अध्यक्ष तथा प्रधान सम्पादक ब्रह्मदेव यादव, विराट प्रेस अनलाइनका अध्यक्ष मुकेशकुमार यादव, एक्सप्रेस अनलाइनका अध्यक्ष सुशिलकुमार यादव र मकालु टेलिभिजनका सम्वाददाता सुनिल यादव रहेका छन् ।
चारै जना पत्रत्रकारहरुलाई समितिले होली मिलन समाहरोका बीच प्रमुख अतिथि नेपाल यादव सेवा समिति मोरङका अध्यक्ष महेश्वर यादव, विराटनगर महानगर समिति अध्यक्ष विरेन्द्र यादव र महानगर समितिका सचिव राकेश रोशन यादवले चारै जना पत्रकारलाई सम्मान गरेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]