विराटनगर, चैत १ गते । नेपाल उद्योग परिसंघ कोशी प्रदेश महिला उद्यम समितिको आयोजनामा महिला उद्यमीहरुलाई हौषला र प्रवर्धन गर्ने उद्देश्यले प्रदर्शनी गर्ने भएकाे छ ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गरि चैत्र २३ र २४ गते प्रदेशको राजधानी बिराटनगरमा महिला उद्यमीले उत्पादन गरेकाे बस्तुलाई प्रदर्शन र प्रवर्द्धन गर्न प्रदर्शनी गर्ने लागेको नेपाल उद्यम समिति नेपाल उद्योग परिसंघ काेशी प्रदेश संयाेजक रचना राठीले वताए ।
प्रदर्शनी महिला उद्यमीहरुलाई हौषला र प्रबर्धनको माद्यमबाट आर्थिक बिकासमा महत्वपुर्ण योगदान पुगाउने उदेश्यले प्रदर्शनी गर्ने लागेकाे हाे ।
तहका सरकारका सम्बन्धीत निकायहरु र महिला शशक्तिकरणका क्षेत्रमा कृयाशिल अन्य संघ संस्थाहरुलाई प्रबर्धक तथा सहयोगिको रुपमा सहभागिता गराउदै सहकार्यबाट प्रदर्शनि सम्पन्न गर्ने तयारी गरिएको छ ।
प्रदर्शनिका मुख्य कार्य योजनाहरू घरेलु एवं औद्योगिक बस्तुहरु प्रदर्शनि गर्ने, बस्तु तथा सेवाको प्रवर्धन गर्ने, महिला रोजगारीका र उद्यमशिलताका क्षेत्रहरु बारेमा जाग्रील गराउने, महिला उद्यमीहरु बाट उत्पादीत बस्तु तथा सेवाको बजार ब्यबस्थापन, उपभोक्ताका माझमा नया स्वदेशी प्रबिधि र बस्तुको पहिचान गराउने रहेका छन ।
अतिथि सदन राधा मण्डप बिराटनगर हुने प्रदर्शनीमा ६० वटा स्टलहरू रहने छ । प्रत्येक स्टलकाे १० हजार शुल्क लग्ने भएकाे छ । प्रदर्शनीकाे आयाेजना गर्न ३ देखि ४ लाख सम्म खर्च हुने छ भने २० लाखकाे काराेवार गर्ने लक्ष्य लिएकाे राठीले जानकारी गराउँदै प्रदर्शनीमा तीनै तहकाे सरकारकाे सहयोग रहने वताए ।
उद्यमी मेलाका आकर्षणमा प्रदर्शनिमा सहभागि मध्ये ३ जना उत्कृष्ट उद्यमीलाइ सम्मान गरिने, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनि तथा खरिद बिक्री, महिला उद्यमी संग स्थानीय सरकार एवम् प्रदेश सरकारका प्रतिनिधिको अन्र्तक्रिया, महिला उद्यमी र व्यवसायी बीच छलफल हुनेछ ।
प्रदर्शनी हुने वस्तु तथा सेवाहरु (महिला उद्यमी बाट उत्पादित र निर्मित ) हुनेछ जसमा दैनिक उपभोग्य सामान, कृषिजन्य तथा जडिबुटी, घरेलु उद्योगबाट निर्मित विविध सामाग्रीहरु, हस्तकलाका सामानहरु
प्राकृतिक सौन्दर्य सम्बन्धी कला, सामग्रीहरु र पर्यटन प्रवर्द्धन सम्बन्धी सामग्रीहरु रहनेछ ।
अपेक्षित उपलब्धीहरुमा स्थानिय कच्चा पदार्थहरुको पहिचान बस्तु उत्पादन र बजारीकरणमा बिशेष सहयोग पुग्ने, उद्यमी र व्यवसायी बीच समन्वय, उद्यमीहरुको उत्पादनमा स्वस्थ प्रतिस्पर्धा गर्ने बानीको विकास हुनेछ ।
महिला उद्यमीहरुको उत्पादन र बजारीकरणको सीपलाइ अझै प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।
त्यसैगरी घरेलु एवं औद्योगिक बस्तुहरु प्रदर्शनि गर्ने, वस्तु तथा सेवाको प्रबर्धन गर्ने, महिला रोजगारीका र उद्यमशिलताका क्षेत्रहरु बारेमा जाग्रीत गराउने, महिला उद्यमीहरु बाट उत्पादीत बस्तु तथा सेवाको बजार ब्यबस्थापन, उपभोक्ताका माझमा नया स्वदेशी प्रबिधि र बस्तुको पहिचान गराउने रहेका छन ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष पवन सारडा
आगामी २०८१ साल माघ ११ गते देखि माघ २१ सम्म १० दिन सम्म विराटनगरमा अन्तराष्ट्रिय औधोगिक तथा कृषि प्रदर्शनी मेला आयाेजना गर्ने वताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]