संखुवासभा, फागुन २७ गते । संखुवासभाको खाँदवारी नगरपालिका–११ घर भई खाँदवारी नगरपालिका–७ मा बस्दै आएका ३१ बर्षीय मंशिरे शेर्पालाई बिना कुमारी राईलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
सिलिचोङ गाउँपालिका–२ घर भई लिभिङ टुगेदरमा शेर्पा संगै बस्दै आएकी २६ बर्षीय बिना कुमारी राई र शेर्पा बिच फागुन १८ गते घरायशी बिषयमा बाद बिबाद हुँदा रिशको आवेगमा शेर्पाले मृतक राईलाई जथाभावी कुटपिट गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगतै घटनास्थलमा खटिएको प्रहरी टोलीले आरोपित शेर्पालाई खोजतलास गर्ने क्रममा फागुन २४ गते संखुवासभा नगरपालिका–७ को एक घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
हत्या आरोपमा पक्राउ परेका शेर्पाको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]