विराटनगर, भाद्र ११ गते । प्रदेश नं. नं. १ मा आज ९० जना कोरोना संक्रमित थप भएसंगै कुल संख्या ३ हजार ३० पुगेको छ ।
प्रदेश नं. १ को जिल्ला गत रुपमा कोरोना संक्रमण थप भएका मध्ये मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १–१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यसै गरी प्रदेश नं. १ को राजधानी विराटनगरमा मात्रै ३८ जना संक्रमित थप भएको छ । जसमध्ये १८ पुरुष र २० महिला रहेको छ । मोरङको कटहरी गाउँपालिकामा ३ महिला ४ पुरुष र सुन्दरहरैंचा नगरपालिकामा १ पुरुषको रिपोर्ट पोजेटिभ देखिएको छ ।
सुनसरीको दुहवी नगरपालिकामा ४ महिला ८ पुरुष, इटहरीमा २ महिला ८ पुरुष, गढी गाउँपालिकामा २ महिला २ पुरुष, रामधुनी गाउँपालिकामा ४ पुरुष, बर्जु गाउँपालिकामा ३ पुरुष, धरान उपमहानगर पालिकामा १ महिला २ पुरुष, इनरुवा नगरपालिकामा १ महिला १ पुरुष, संखुवासभाको खाँदबारीका ४ पुरुष, इलामका् इलाम नगरपालिकाको १ महिला कोरोना संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको छ । प्रदेश नं. १ वाट कोरोनालाई जितेर ८१ जना घर फर्केका छन् । प्रदेश नं. १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ९६ पुगेको छ । प्रदेश नं. १ मा १ हजार ७ सय ७३ पीसीआर परीक्षण गरिएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]