चौतारीको २६ औं स्थापना दिवसको अवसर महिला पत्रकार सम्मातित
विराटनगर, माघ २२ गते । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल मोरंगले एक जना महिला पत्रकारलाई सम्मानित गरेका छन्।
स्थापना दिवसको अवसर पारेर कृष्ण प्रसाद सिग्देल यूवा पत्रकारीता पुरस्कार मोरंगको रतुवामाई नगरपालिकाको इटहरामा रहेको सुनाखरी एफएममा आवद्ध रहेकी रञ्जना अधिकारीलाई १५ हजार नगद सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानित गरेको हो ।
प्रेस चौतारी नेपालको २६ औंै स्थापना दिवस एंव कृष्ण प्रसाद सिग्देल यूवा पत्रकारीता पुरस्कार समर्पण समारोहका प्रमुख अतिथी नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले देश गठबन्धनको बन्दी बनिरहेको आरोप लगाएका छन् । गठबन्धनका कारण देश अस्तव्यस्त र उकुसमुकुस भएको वताउँदै सरकारले सुशासनका नाममा विभिन्न खाले सम्झौता गरिरहेको समेत आरोप लगाए ।
कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सचिव बिक्रम लुईटेलले पत्रकारहरुलाई काममा प्रतिवद्ध हुन सुझाव दिएका छन् । पछिल्लो समय पत्रकारिता क्षेत्रमा समाचार लेख्नेभन्दा पनि नेतागिरी गर्नेको संख्या बढिरहेको बताउँदै लुईटेलले श्रमजिवी पत्रकारहरु जागरुक भएर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, एमाले नेता विनोद ढकाल, पत्रकार महासंघ कोशीका महासचिव विवेक गौतम लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रम प्रेस चौतारी नेपाल मोरंगका अध्यक्ष सुदिप कोईरालाका अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]