विराटनगर, माघ १८ गते । विश्व क्यान्सर दिवसको अवसरमा आशा कोलज द, केयर ग्याप र मोरङको बुढीगंगा–२ टङ्की सिनुवारीमा रहेको रेवन्त–रुक्मणी मेमोरियल बिराट क्यान्सर इन्स्टिच्युटको माघ २१ आईतवार दिन एकथलोमा १५ बटा क्यान्सर रोग सम्बन्धि जनचेतना मुलक कार्यक्रम गर्ने भएको छ ।
विराटनगर स्थित नेपाल पत्रकार महासंघ मोरंगको सभाहलमा पत्रकार सम्मेलन गरी अस्पतालका निर्दशके डा.निकीता कार्कीले क्यान्सर रोगबाट बचन सकिन्छ, भने विषयमा जानकारी गराउने उदेश्यले विविध खालका चेतनामुलक कार्यक्रमको आयोजना गर्न लागिएको वताए ।
“आशा क्लोज द केयर ग्याप अर्थात क्यान्सरको उपचारको पहुंचको दुरीलाई बन्द गरौं” भन्ने नाराका साथ रेवन्त रुक्मणी मेमोरियल बिराट क्यान्सर इन्स्टिच्यूटले स्कुल ¥याली, साइकल ¥याली, स्कुटर ¥याली, कार प्याली, म्याराथन, मेडिटेसन, मास कार्डियो, क्यान्सर जित्नेहरुको सफलताको कथा, क्यान्सर रोग विशेषज्ञहरुद्वारा जनचेतना सम्बन्धि प्रस्तुती, स्कुलका विद्यार्थी बालवालिकाहरुद्वारा प्रतिभा प्रस्तुती जस्ता विभिन्न कार्यक्रम आयोजना गर्न लागेको छ ।
कार्यक्रममा क्यान्सरका ५०% रोगहरुलाई रोक्न सक्छौं, यदि हामीले हाम्रो जीवनशैलीलाई परिवर्तन गर्ने र स्क्रिनिङ तथा उपचारलाई प्राथमीकतामा राख्ने हो भने क्यान्सरबाट हुने मृत्यु मध्ये २७ प्रतिशत सुर्तिजन्य पदार्थ र मदिरा सेवनबाट हुने गरेको कार्कीले वताए ।
जनचेतनाको बिकास गर्ने हो भने र क्यान्सरका जोखिमहरुलाई बेलैमा पहिचान गरि प्रमाणीत गर्ने र रोकथाम तथा उपचारको पहुँचलाई प्रभावकारी बनाउने हो, भने ३०–५० प्रतिशत क्यान्सरलाई रोकथाम गर्न सकिने बताउँदै ¥यालीमा सहभागी हुनेहरुबाट संकलन भएको रकम बिराट क्यान्सर इन्स्टिच्युटमा उपचारार्थ बिरामीहरुको लागि खर्च गर्ने भएको छ ।
सोही अवसरमा संघिय सांसद डा. शेखर कोइराला र कोशी प्रदेशका मुख्यमंत्री केदार कार्कीद्धारा रेवन्त रुक्मणी मेमोरियल बिराट क्यान्सर इन्स्टिच्युटको उद्घाटन् समते गर्ने प्रेस विज्ञप्तीमा उल्लेख छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]