विराटनगर, माघ १७ गते । लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित दुई महिला र एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका वडा नं १७ बस्ने बर्ष १९ कि अनिता बैठा, वडा नं.१६ बर्मा टोल बस्ने बर्ष ३० की सरस्वती गुरुङ र पथरीशनिश्चरे न.पा. ४ बकाईनोडाडा बस्ने बर्ष ३३ को चित्र कुमार रपाल (बि.क.) रहेका छन् ।
जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं १५ बैक रोड चौक स्थितमा भारत बाट नेपाल तर्फ पैदल आउदै गरेकी बैठालाई ईलाका प्रहरी कार्यालय रानी र लागू औषध ब्यूरो बिराटनगर बाट खटिएको संयुक्त टोलिले शंका लागी चेक जाँच गर्दा साथबाट खैरो हिरोईन जस्तो देखिने पदार्थ (ब्राउन सुगर) १९ ग्राम,३३३ मिलि ग्रामफेला पारी बुधवार पक्राउ गरिएको थियो । सोही लागू औषध कारोवारमा संलग्न गुरुङ समेतलाई नियन्त्रणमा लिएको थियो । गुरुङको कोठाबाट डिजिटल तराजु थान–१ बरामद गरिएको थियो ।
त्यसैगरी सोही दिन रपाल (बि.क.) को घरमा रहेको किराना पसलमा लागु औषध बिक्रि बितरण गरि रहेको भन्ने गोप्य सुचना को आधारमा ईलाका प्रहरी कार्यालय पथरी बाट खटिएको प्रहरी टोलीले चेकजाच गर्दा लागु औषध खैरो हिरोईन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ २५ ग्राम बरामद गरिएको थियो ।
रपाल (बि.क.) को साथ बाट बिभिन्न कम्पनीका सानो ठुलो गरी मोबाईल फोन थान–५, डिजिटल तराजु थान–१ सहित नियन्त्रणमा लिएको थियो । तीनै जनालाई सम्मानित मोरङ जिल्ला अदालतबाट दिन ५(पाँच) म्याद थप गराई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी मोरंगले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]