विराटनगर, माघ १६ गते । पाँचवषर्व बर्ष मुनीका बालबालिकाहरुलाई विराटनगर महानगरपालिका वडा नं. ९ मा निःशुल्क स्वास्थ्य परिक्षण गरी पोषण खाद्य वितरण गरेको छ ।
पाँचवर्ष मुनीको बालबालिकाहरुलाई बाल विशेषज्ञ डाक्टर अञ्जु पौडेलको टीमले स्वास्थ्य परिक्षण गरेका थिए । परिक्षण पछि कुपोषित बालबालिकाहरुका परिवारलाई विराटनगर–९ का वडा अध्यक्ष विश्वनाथ भगतले पोषण खाद्य वितरण गरेका थिए ।
बाल स्वास्थ्य विशेष कार्यक्रम अन्तर्ग बीडीइसी, डीबी मल्टी, आरइसीआईडी–ऐन (जुवाइन्ट भेन्चर) र विराटनगर महानगरपालिकाको सहकार्यमा १९ बटै वडामा संचालन गर्ने भएको छ ।
सोही कार्यक्रम अन्तर्गत विराटनगर–९ बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरी लेखाजोखा राख्ने, आवश्यक पोषण खाद्य वितरण गर्नुका साथै व्यक्तिगत सरसफाईका लागि साबुन समेत वितरण गरेका थिए ।
विराटनगर महानगरपालिकाको १९ वटै वडाहरु मध्ये वडा नं. २, ३, ४, ५, ९, १२, १४, १७, १८ र १९ मा बालस्वास्थ्य कार्यक्रम सम्पन्न भई सकेको कार्यक्रम व्यवस्थापक निर्देशक कविता अधिकारीले जानकारी दिए ।
पोषण खाद्यमा चामल, दाल, भटमास, अन्डा, केरा, दुध र व्यक्तिगत सरसफाई अन्तर्ग साबुन कुपोषित बालकालिकाहरुलाई तत्काल तीन महिना सम्म वितरण गर्ने र महिला स्वास्थ्य स्वयम सेविका मार्फत अनुगमन गरी आवश्यकता अनुसारको पोषण लगायत अन्य सुविधा उपलब्ध गराउने कार्यक्रममा आवद्ध डा. सुरन्द्र वस्नेतले जानकारी गराए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]