वीरगञ्ज, भाद्र १० गते । प्रदेबाराको बारा जिल्लाका २ जना कोरोना संक्रमितको वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।
कलैया उपमहानगरपालिका वडा नं. १ का ६६ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका वडा नं. १ छतवाका ४२ वर्षीय पुरुषको मंगलवार राती वीरगञ्ज हेल्थ केयर कोभिड अस्पताल मृत्यु भएको हो ।
थाइराइड र उच्च रक्तचापजस्ता समस्या देखिएका ६६ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि भदौ २ गते उपचारका लागि वीरगञ्ज ल्याइएको थियो । त्यसै दिन स्वाब नमुना संकलन गरी परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण देखिएदेखि नै उनलाई वीरगञ्ज हेल्थ केयरको आइसोलेसनमा राखिएको थियो । उपचारकै क्रममा भदौ ९ गते राति उनको मृत्यु भएको थियो ।
त्यसैगरी विश्रामपुरका ४२ वर्षीय पुरुषमा भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृगौलारोगी उनमा स्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उपचारका लागि वीरगञ्ज हेल्थ केयरको आइसोलेसनमा ल्याइएको थियो । दुवैको मृत्यु भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. अतुलेश चौरसियाले जानकारी दिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]