विराटनगर, माघ ७ गते । स्वास्थ्य निर्देशनालय कोशी प्रदेशले आउनै लागेको विश्व कुष्ठरोग दिवस र विश्व उपेक्षित उष्ण प्रदेशीय रोग सम्बन्धमा संचारकर्मीहरुसंग अन्तरक्रिया गरेका छन् ।
विश्व कुष्ठरोग दिवस जनवरी २८ तारेख अर्थात माघ १४ गते परेका छन् । “कुष्ठरोग सम्बन्धी गलत अवधारणको अन्त्य गरौं, मर्यादित व्यवहार गरौं” नारा रहेका छन् । त्यसैगरी विश्व उपेक्ष्ति उष्णप्रदेशीय रोग दिवस जनवरी ३० अर्थात माघ १६ गते हुनेछ । “उपेक्ष्ति उष्ण प्रदेशीय रोगको निवारण, सहकार्य र एकता हाम्रो उदाहरण” रहेका छन् ।
सो छलफलमा उपेक्षित उष्णप्रदेशीय रोगहरु डेंगु, फित्तेजुका, जुका, हात्तीपाईले, कुष्टरोग, खस्रेरोग, सर्पदंश, लुतो, रेविज, कालाजार लगायत १० वटा रोगहरुको वारेमा छालफल भएका थिए ।
उपेक्षित उष्ण प्रदेशीय रोगहरु सङक्रमक भाइरस, व्याक्टेरिया, परजीवी, ढुसी र विषक्त पदार्थहरुको कारण लाग्ने रोगको समूह रहेको, यो रोग विश्वभरीमा १ अर्ब मानिसहरुलाई मानवीय, सामाजिक तथा आर्थिक भार थपेको आयोजकले गराएका थिए ।
उपेक्षित उष्णप्रदेशीय रोग भित्र पर्ने अधिकांश रोगहरु समाजमा कलंक र सामाजिक बहिस्करणसँग जोडिएको हुन्छ । यी रोगहरुले उपेक्षित वर्गहरुलार्य कमजोर शैक्ष्कि परिणम र समिति व्यावसायिक अवसरको चक्रमा धकेलिएरको हुन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार २० किसिमका उपेक्षित उष्ण प्रदेशीय रोगहरु मध्ये नेपालमा १० किसिमका रोगहरु रहेका छन् । यी दुवै रोगको वारेमा सप्ताव्यपी कार्यक्रमहरु हुने छ । जस अनुसार मोरंगको रंगेलीमा, सुनसरीको इनरुवामा र झापाको दमकमा विविध कार्यक्रम, अन्तरक्रियाहरु गर्ने भएका छन् ।
कोष्ठरोगको १२ चरणको औषधी सेवन पश्चात पनि झापा र मोरंगका समुदायमा रोगका सक्रमणलाई रोक्न सकेको छैन । प्रत्येक वर्ष डेंगुका विरामीहरुको वृद्धिसंगै जिल्लाहरुको संख्या थप्दै गएको छ । उपेक्षित रोगहरुको निवारणको लागि न्यून कार्यक्रम र बजेट विनियोजन नभएको र बहुक्षेत्रीय सहकार्यको कमीले रोग न्यूनिकरणमा समस्या देखिएको सरोकारवालाहरुको भनाई थियो ।
उक्त कार्यक्रम फायर मेड र फेक्ट फाउन्डेशनका सहयोग र सहकार्यमा स्वास्थ्य निर्देशनालय कोशी प्रदेशका प्रमुख ज्ञानेन्द्र बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]