विराटनगर, माघ ४ गते । “छोरी बचाउ आमा बचाउ” अभियान अन्तर्गत छोरी जन्माउने आमालाई १ हजार प्रोत्साहन भत्ता दिने विराटनगरको पारस मल्टीस्पिसियालिटी हस्पिटलले घोषणा गरेका छन् ।
पारस होस्पिटलका बरिष्ठ जेनरल एवं ल्याप्रोस्कोपी सर्जन डा. सफिउर रहमानले पत्रकार सम्मेलन गरी हस्पिटल सबैको साझा हस्पिटल बनोस भन्ने उद्देश्यका साथ हामीले गरिब दुखि तथा असाहयहरुलाई निरन्तर उपचार सहयोग गर्दै आएको र आजै देखि लागु हुने गरी “छोरी बचाउ आमा बचाउ” अभियान अन्तर्गत निशुल्क डेलिभरी तथा निशुल्क शाल्यक्रिया संचालन ल्याएको वताए ।
अभियान अन्तर्गत नर्मल डेलिभरीमा छोरा वा छोरी दुबैमा आमालाई निशुल्क गर्ने व्यवस्था छ भने शाल्यक्रिया गरि छोरी पाउने आमालाई निशुल्क सेवा प्रदान गरि सो आमालाई १ हजार प्रोत्साहन भत्ता दिनुका साथै बच्चाको लागि १ हजारको सुविधा कार्ड लिएमा बच्चाको लागि एक वर्षसम्म ओपिडी फ्रि अन्य जाँचहरुमा २५ प्रतिशत छुट र औषधीमा १० प्रतिशत छुट दिने व्यवस्था गरेको डा.रहमानले जानकारी गराए ।
त्यसैगरी गरिब, दलित तथा असासहयहरुलाई जेनेरल बेडमा ५० प्रतिशत छुट र अप्रेसन तथा अन्य जाँचहरुमा २५ प्रतिशत छुट दिने भएको छ ।
महेन्द्र चोकमा रहेको पारस हस्पिटल डा. रहमानले सञ्चालनमा ल्याएको हो । हाल ५० बेडको हस्पिटल निकट भविष्यमै १ सय वेडको स्वीकृती लिई सेवा वितार गर्ने भएको छ । पारस हस्पिटलमा जेनरल एवं ल्याप्रोस्कोपी, स्त्री तथा प्रसुती सेवा, हार्ड जोर्नी तथा नशा रोग, फिजिसियन सेवा र डेण्टल समेतको सेवा प्रदान गर्दै आएको हस्पिटलका प्रवन्ध निर्देशक हेमनारायण मेहताले वताए ।
।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]