विराटनगर, माघ १ गते । नेपालको खास गरी तराई मधेश क्षेत्रमा बसोवास गर्ने बाँतर सरदार समुदायले आफ्नो कुल देवताको पूजापाठ गरी माघे संक्रान्ति पर्व भव्यताका साथ मनाएका छन् ।
बाँतर सरदार समुदायलले आ–आफ्नो गाउँ टोलमा समूह समूह कुलदेवताको पूजापाठ गरी विभिन्न मनोरंजनात्म नाच गानको आयोजना गरी देशैभरी माघेसंक्रान्ति पर्व धुमधामका साथ मनाएका छन् । सोही अवसर पारेर मोरङको कटहरी गाउँपालिका–५ स्थित मोध्रहामा रहेका बाँतर सारदार समुदायहरुले आफ्नो धर्म संस्कृति संरक्षण गर्ने उदेश्यले तिल, च्यूरा, भूजाको लड्डु, पानफूल, सूपाडी, तुलसीको पात, लगायत सामग्रीले सामूहिक पूजापाठ गरी कुलदेवतालाई सुगर र खसीको बलि दिएर माघेसंक्रान्ति पर्व धुमधामका साथ मनाएका छन् ।


माघेसंक्रान्तिका दिन बाँतर सरदार समुदायहरुले आफ्नो कुल देवतालाई पूजा–आजा गरी सरदार (मुखिया) को घरमा गई गाउँका पैरजनहरु मिलेर गेंड सिंहलाई सामुहिक पूजा–आजागरी माघेसंक्रान्ति पर्व मनाउने परम्परा रहेको छ । संदियौदेखि बाँतर जातिका मानिसहरुले हिन्दु रितीरिवाज अनुसार माघ १ गते माघेसंक्रान्तिका दिन सरदार (मुखिया) को घरमा सामूहिक पूजा गर्ने चलन रहेको बाँतर जातिका अगुवा बविता सरदार बाँतर र फुदी सरदारले वताए ।
पूजा सम्पन्न भएपछि सवै पैरजन सदस्यहरुलाई प्रसादको रुपमा सुगुरको मासु बाँड्ने र सरदार (मुखिया) को घरमा मासुको परिकार बनाई सामुहिक भोज खाने प्रचलन रहेको छ । बाँतर सरदार जातिका कुलदेवता गेड सिंह सरदारलार्य मान्दै आएका छन् ।

गेंड बाबा चमत्कारी थिए । “जहाँ दुःख त्यहाँ चमत्कारी गेंडबाबा” सुख दिन उनी चमत्कारी रुपमा देखा पर्ने गर्थै यस सम्बन्धमा एउटा भनाई प्रचलित छ । बाँतर समुदायका मानिसहरुले शिकार गर्ने क्रममा अषाढ मसान्तमा निल गाई मारेका थिए । त्यही निल गाई मारेकाले गौहत्या लाग्ने डरले महराज गेड सिंह सरदारको शरणमा पुगेर आफूहरुलाई गौहत्याको पापबाट मुक्त पार्नका लागि अषाढ १ गते गर्ने पूजालाई माघ १ गते बाँतर जातिले माघेसंत्रान्तिको अवसरमा पूजा गर्न थालेको नेपाल बाँतर सरदार समाज कल्याणकारणी सममितिका केन्द्रीय सचिव शुभाष सरदार र मोरङ सभापति गयान्नद सरदार, युवा सभापति अनिल सरदारले वताए ।
नेपाल बातर सरदार कल्याणकारी समाज केन्द्रिय अध्यक्ष मोहनलाल सरदारका अनुसार पृथ्वी नारायण साहले २२ र २४ राज्यलाई एकिकरण गर्नु भन्दा पहिले उदयपुगढीमा बसोवास गरेका बाँतर सरदार समुदायका मानिसहरुले शिकार खेल्न गएका थिए । भूलबस शिकार गर्दा नील गाई मारेका थिए । निलगाई मारेको आरोपमा प्रहरी प्रशासनले कारवाही गरी मुद्दा चल्ने डरले निलगाईको टाउँको सेतो कपडा छोपेर गाउँलेहरु झल्लु सरदार र भागो देवी सरदारको छोरा गेंड सिंह सरदारको घरमा गई बचाई दिनुप¥यो भनेर विन्ती गरेपछि प्रहरी प्रशासन आएर नीलगाईको टाउँको उघारेर हेर्दा सुगुरको टाउँको निष्केपछि ती समुदायले सोही दिन देखि सुगरको बलि दिएर माघेसंक्रान्ति मनाउने चलन चलेको वताए ।


मृत नीलगाईलाई सेतो कपडाले छोप्न लगाउने गेंड सिंह थिए । निल गाई ठूलो सुगुरको रुपमा परिणत भयो र त्यसपछि गौहत्या नभइ सुगुर हत्या भएको पुष्टि भएपछि बाँतर जातिलाई पापबाट कुलदेव गेंड सिंह बाबाले मुक्त गरी दिएको भनाई छ । त्यही दिनदेखि महाराजलाई आफ्नो पुर्खाको रुपमा मानी गेंडसिंको पुस्तादेखि गेड सिंहको पूजा गर्ने चलन रहेको नेपाल बातर सरदार कल्याणकारी समाज केन्द्रिय सचिव पत्रकार पदम सरदारको भनाई छ ।
आफ्नो घरपरीवारमा सुख शान्तिको कामना गरी वर्षभरी राम्रो दिन रहोस भनी माघेंसंत्रान्ति पूजासंगै बाँतर जातीको भेषभुष झल्कने सांस्कृति कार्यक्रम समेत प्रस्तुत गरेका थिए । माघेसंक्रान्ति कुन जातिले मनाउने पर्व हो । अहिले सम्म सरकारले सुचिकृत गर्न सकेको छैन् । माघेसंक्रान्ति पर्व बाँतर सरदार समुदायले मनाउने पर्वको रुपमा सुचीकृत गरी दिन बाँतर सरदार समुदायको अगुवाहरुले माग गरेका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]