पदमकुमार सरदार
विराटनर, पुस २७ गते । जाडो मौसममा विहान–बेलुकीको खाजाको रुपमा गाउँदेखि शहरसम्म भक्का लोकप्रिय बन्दै गईरहको छ ।
तराई मधेशमा चिसो–चिसो जाडो मौसममा विहान–बेलुकी हरेक चौक चौराहमा भक्काको व्यपारले एतिबेला राम्रो बजार लिएको छ । विराटनगरको मुख्य बजारदेखि आसपासका चोकहरुमा भक्का बेच्ने ठाउँमा भक्का खानेहरुको प्रत्येक दिन जमघट हुनेगरेको छ ।
बिहान–बेलुकीको चिसो मौसममा तातो तातो भाक्कालाई नास्ताको रुपमा खानेहरु लाइनमा बसेर भक्काको पखाईमा रहेको देखिन्छ । चामलको पिठोबाट बनाइने भक्कालाई सुपाच्य भोजनको रुपमा लिइन्छ । माटो वा अरु कुनै भाँडोमा पानी राखी त्यसमा स–सानो प्वाल भएको ढक्नी राखी पानीलाई तताएपछि निष्केको वाफमाथि सानो बटुकोमा चामलको पिठो राखी त्यसलाई ढक्नीको प्वालमाथि राखिन्छ र कपडाले एक छिन छोपेर राखेपछि भक्का तयार हुन्छ । भक्कालाई चिया, धनियाँ, गोलभेडाको अचार (चटनी), आलुचप, नुन–खोर्सानीे आदिसँग खाने चलन छ । सानो लगानीको भक्का व्यवसाय गरेर दैनिक एक हजार भन्दा बढी आम्दानी हुनेगरेको कटहरी–३ की रेखादेवी मण्डलले वताईन । जाडो मौसमा भक्काको व्यवसाय गरेरै दैनिक घर संचाल भईरहेको वहाँको भनाई छ ।
भक्का राजवंशी, थारु, बाँतर लागयत तराई मधेशमा बसोवास गर्ने सम्पूर्ण जातजातीहरुको सांस्कृतिक भक्का चल्दै आएको छ । भक्का चाडो मौसममा घरमा बनाएर खने चलन भएता पनि अहिले भक्का व्यवसायीक रुममा फष्टाउँदै गई रहको छ । भक्का व्यवसायी अहिले राजवंशी, थारुमात्र नभएर अन्य जातजातिका महिलाहरुले व्यवसायी रुपमा भक्काको व्यवसाय गर्न थालेका छन् । भक्का बिक्रि गरेर अर्की भक्का व्यवसायी जैनव खातुन पनि दैनिक ८ सय देखि हजार रुपैयाँ आम्दानी हुने गरेको वताउँछिन ।
भक्का राजवंशी थारु, बाँत समुदायको पहिचान झल्काउने खाना मात्र नभएर धेरैका लागि आम्दानीको स्रोत पनि बनेको छ । भक्का बेचेर हुने आम्दानीले दर्जनौले आफ्नो घरखर्च लगायत छोराछोरीको पढाई लेखाई खर्च जुटाउने गरेका छन् । हिउँद महिनाभर चौक चौराहमा भक्का बेचेर घरको गर्जो टार्ने जाडो मौसमले खुशी भएका छन् । भक्का व्यवसायी विराटनगर–४ की गंगा पोखरेलले भक्का वेचेर दैनिक १५ सयदेखि २ हजार आम्दनी हुने गरेको र भक्काबाट राम्रो कमाइ हुने र घर खर्च जुटाउन सहयोग पुगिरहेको उनको भनाइ छ ।
उनी जाडो मौसममा भक्का पकाएर बेच्छिन् र बाँकी समय मकै पोलेर परिवारको आवश्यकता पूरा गर्छिन् । मण्डल, खातुन र पोखरेलले बनाएको भक्का नरुचाउने कमै छन् । भक्का बेच्नेहरुले पेशाको रुपमा त्यसलाई अवलम्बन गरेका छन् । भक्कामोह भएका भक्का पारखीहरु अहिले विराटनगर बजारमा पनि सहजै चाहेको बेलामा खान पाएका छन् । जाडो महिना लागेपछि जो कोहीलाई भक्का खाउँखाउँ लाग्छ र खान पाउँदा भक्काका पारखीहरुलाई सन्तुष्टि मिल्छ । भक्काको परिकारलाई व्यवसायी करणगरी गरी भक्का व्यवसायीहरुको प्रत्साहको लागि स्थानीय सरकारले सहयोग गर्नु पर्ने वहाँहरुको माग छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]